काठमाडौं । मधेश प्रदेश नीति अनुसन्धान प्रतिष्ठानले सेवाकालीन तालिम लिन इच्छुक कर्मचारीबाट दरखास्त आह्वान गरेको छ । प्रतिष्ठानले एक सूचना प्रकाशन गर्दै मधेश प्रदेश तथा मधेश प्रदेश भित्रका विभिन्न स्थानीय तहमा प्रशासन सेवामा कार्यरत अधिकृत छैंटो तहमा कार्यरत कर्मचारीबाट दरखास्त माग गरिएको हो ।
सूचना अनुसार अधिकृत छैंटो तहमा न्यूनतम तीन वर्षदेखि कार्यरत रहेका कर्मचारीहरुले दरखास्त दिन सकिने जनाइएको छ । प्रदेश तथा स्थनाीय तहमा ३ वर्ष सेवा गरिसकेका कर्मचारीहरुले मनोनयन फाराम भरेर कार्यालय प्रमुखको सिफारिस सहित आगामी कार्तिक ६ गतेभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउन भनिएको छ । प्रशिक्षार्थीहरुको छनौंट जेष्ठताका आधारमा गरिने सूचनामा उल्लेख छ ।





