एक शत्र
एउटा शिक्षक पुर्ण रुपमा तयार हुन
न्युनतम पनि एक वर्ष लाग्दछ
प्रश्नको उत्तर नजानेर होइन
पाठ्यक्रम अनुसारले भिज्न
त्यसैले एक शैक्षिक वर्ष
उसले आँफैले सिक्दछ
कसरी दिइएको पाठ्यक्रमलाई
समय मिलाएर
कक्षामा पढाएर
कोर्स सक्ने ।
दोस्रो वर्ष उसले
पुस्तक बाहिरका पुस्तक सँग सम्बन्धित
प्रश्न हरु सिक्दछ
अनि आफुले आफुलाई तिखार्दछ
एबं रितिले उ आफुले पढाउने विषयको
विज्ञ बन्न पुग्दछ ।
शिक्षक मात्र होइन
हरेक पेशा कर्मीलाई
न्युनतम एक वर्ष आर्थिक वर्ष अनुसारले भिज्न समय लाग्दछ
अनि बल्ल उ भित्रको सिप निखारिँदै आउँदछ
त्यसैले सबैले एकैपल्टमा अनुभवी खोज्दछन
निकारिएको स्वाद पाउन ।
उसले ईश्वरको भक्ति गर्यो
अनि प्रश्न सोध्यो
“प्रभु, लासको अनुभव के हो ?”
ईश्वरले उसलाई हाँएर जवाफ दिए
“जीवन ”
भाव
उसको भाव बुझ्ने लागि उ जोकर भयो
भाव नबुझ्नेको लागि पागल भयो
र संसारमा बुझ्नु पर्ने कुरा पनि भाव नै हो ।
उसलाई नकार्ने धार्मिक भक्तजनको लागि
उसले लेखिदियो
केहि धर्मका भक्तजन
एक दिन बाटो बिराएर उ भएको ठाउँ आइपुगे
दशा काट्न
उ सँग कसैले बोलेनेन
उसले प्रश्न गर्यो
त्यसोभए धार्मिक भक्तजनले को सँग बोले
कसलाई सुनाउन बोले
उनीहरू सँग उत्तर थिएन ।
नभएको आत्मा देखाइ
मायाले छोपी
माया युद्ध देखाए
कुनै वृत्तचित्र सरी
जहाँ पात्र उसको स्वरूप थियो
उ थिएन
न त उसको चेतना नैं थियो
त्यसपछि सपना देखाए
जहाँ उ अर्धचेत थियो।
धार्मिक भक्तजनले उ बाट धर्म खोजे
अनि उसले बोल्यो
मायाले छोपी मृत्यु भएका उसका स्वरूपलाई गएर शोध
धर्म त्यो थियो ।
धार्मिक भक्तजनलाई उ मार्फत कार्य गराउन
उ आवश्यक पर्यो
अनि उसले बोल्यो
मायाले छोप्दा बनाइएका पत्रमा खोज
आफ्ना आवश्यकता ।
त्यसपछि धार्मिक भक्तजनमा
नैराश्यता छायो
उनीहरूको तर्क थियो
“खाए खा…नखाए घिच..” भनेसरी
मानिसलाई भगवान चाहिन्छ
अनि उसले बोल्यो
“मानिस भगवानलाई शक्तिको लागि पुज्दैनन
उनीहरूको बयान गरिएको गुण, सत्यता र न्यायको लागि पुज्दछन”
धार्मिक भक्तजनले धोषणा गरे
“दैवासुर संग्राम”
जहाँ उनीहरू नै थिए राक्षस
अनि उनीहरू नै थिए भगवान
उसले रमिता हेर्न नपाएको झोँकमा भन्यो
“खै त संग्राम?”
उ सँग नसकेपछि
भक्तजनको टोलीले बोल्यो
“हामी नभएको भए के लेख्थिस?”
उसले सहज जवाफ दियो
“फुटकर कविता”
उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
“प्रभु, के हो भाव भनेको?”
ईश्वरले बोले
“आफ्नो व्यक्तिगत बुझाई”
कला
उसको साहित्यको पात्रको भुमिका निभाउन
केहि भेडा आए
अनि उसले बोल्यो
नेपाल चलचित्र विकास बोर्डमा गएर
आफ्नो कलाको प्रस्फुटन गरौँ
हजारौं साहित्य र हजारौं पात्र हुन्छन त्यहाँ ।
सपनालाई नै संसार बनाउने भेडाले
उनीहरूको संसारमा
केवल सिमित व्यक्ति रोजे
सारा संसार रोज्न सकेनन
अनि उसले प्रश्न गर्यो
“पात्र अनुसार कलाकारले त सारा संसारलाई आफ्नो कला देखाउँछ”।
भेडाको बथान चुप लागे।
उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
“प्रभु, कला भनेको के हो?”
तब ईश्वरले उसलाई जवाफ दिए
“कुनै शिर्षक बुझाउने क्षमता ” ।




