सान्दर्भिक
आफुलाई भगवान बताउनेले
धार्मिक पुस्तकमा भएको ज्ञान दिन सकेनन
शिवले शिव पुराण पढेनन
कुमारले स्कन्द पुराण पढेन
अनि सबैले उसले पढ्नलाई पर्खिए
आफुले पढेको दाबी गर्दै
भगवान बताउनेले वेद पढेनन
अनि उसले विश्वास गरेन
किनकि ज्ञान बिना भगवान हुन सम्भव छैन ।
मानिसले पुज्ने भगवानलाई
सृष्टिको विषयमा जानकारी छ
प्रकृतिको विषयमा जानकारी छ
जसलाई हरेक दिन
वैज्ञानिकहरु खोज अनुसन्धान गर्दछन
त्यसैले सृष्टिको जानकारी नभएका झोलेलाई
उसले भगवानको रूपमा स्वीकारेन ।
उसले खोज्यो भगवान
मनुष्यमा
गुरुमा
मुर्तिमा
प्राणीमा
किनकि धर्मशास्त्रले पनि त्यहि भन्दछ ।
उसलाई आत्महत्या गराउने उद्देश्य बोकेका
झोललाई उसले हाँसर नै उडायो।
उसले भक्ति गर्यो ईश्वरको
अनि प्रश्न सोध्यो
“हे ईश्वर, भगवान किन दर्शन दिँदैनन ?
तब ईश्वरले उसलाई जवाफ दिए
“भक्तको भक्तिको लायक नभएर ”
रमाइलो
धार्मिक भक्तजनको हुल लाई
उसले रमाइलो गराइदियो
गफ गरेर
उनीहरूलाई आदत बसेछ
अनि जब उसले रमाइलो गराउन छोड्यो
तब सबै उसको शत्रु भए
उसले मतलब गरेन ।
अर्को हुल आयो नयाँ धार्मिक भक्तजनको
उसले पुन: रमाइलो गराइदियो
अनि अड्कल काट्यो
नयाँ शत्रु थपिए ।
भक्तजनको लागि उ
नेपाली उखान
“नपाउनेले केरा पायो बोक्रै सित खायो”
भने सरह भयो ।
उसको कर्म देखेपछि
उसको जिम्मा लिने भक्तजनको भीड आयो
त्यसपछि उसले सोध्यो
“आफ्नो स्वार्थ बताओ ”
उनीहरूले बोले
“पद र शक्ति”
उसले अस्वीकार गर्यो
नैतिकता नभएका व्यक्तिको जिम्मामा बस्न ।
उसले सोध्यो
“खै कहाँ थियो तिमीहरूको धर्म
जब कर, बल छलले प्रतिज्ञा गर्न लगाउँदै थियौ
खै कहाँ थियो तिमीहरूको नैतिकता
जब सपना देखाएर समय बर्वाद गर्यौ
खै कहाँ थियो तिमीहरूको कर्म
जब आफुलाई सत्यको खोजी आवश्यकता पर्दा
कसम खुवाउन तल्लीन भएर झुट दियौ”
उसको प्रश्नको उत्तर कसैले दिएनन।
उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
“हे ईश्वर, मानिस किन रमाइलोमा भुल्दछ ?”
तब ईश्वरले उसलाई जवाफ दिए
“इन्द्रिय र मन सँग हारेर ”
मनको शान्ति
महादेव सँग हारेका
नसकेका
र महादेव सँग थाकेका
एक हुल धार्मिक भक्तजन
उ भएको ठाउँमा आए
अनि महादेव लाई जितेको घोषणा गर्न
उसलाई महादेव माने
मानेर जित्नलाई
तर उ ठालु थियो
उ सँग पनि सकेनन
उसको मन खिन्न बनाउन अनेक जात्रा गरे
उसले मतलब गरेन ।
प्रसङ्ग बदलौं
मानेर जिते पनि
उक्त भक्तजनको मनमा शान्ति भने हुने थिएन
किनकि मनको शान्ति
मानेर आउँदैन।
के हो त मनको शान्ति
उसले बुझ्नको लागि ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
हे ईश्वर, के हो मनको शान्ति?”
तब ईश्वरले हाँसेर बोले
“शरीरको भौतिक वस्तुबाट तृप्ति भएको अवस्था”




