भक्तमा भक्त
ज्ञानीमा ज्ञानी
ध्यानीमा ध्यानी
तपस्वीमा तपस्वी
विद्यामा पारङ्गत
संगीतमा प्रवीण
वैद्य कलामा निपूर्ण
शास्त्रको ज्ञाता
मानिसहरु नव ग्रहले दुःख नदिउन भनेर
पुजा पाठ गर्दछन
रावण नव ग्रहलाई दुःख दिन्थ्यो
ऋषि पुलतश्यको नाति
कर्मले एक ब्राह्मण
देवताले खोज्ने अमृत आफ्नो शरीरमा राखेर हिँड्ने,
उ सँग हारेपछि
सबैले उसलाई राक्षस घोषणा गरे।
उसले महादेव सँग पार्वती माग्ने आँट गर्यो
जुन इतिहासमा कसैले गर्ने सकेनन
उ एक्लैले कैलाश पर्वतलाई बोक्ने हिम्मत गर्यो
जुन इतिहासमा कसैले गर्न सकेनन
सुरवीरमा सुरवीर
उसको चरित्र यस्तो थियो कि
उसले हरेर लागेकी सिता लाई
सिताको इच्छा विपरीत विवाह गरेन
उसको चरित्र यस्तो थियो कि
भगवान मात्र होइन
भगवानमा पनि मर्यादा पुरुषोत्तम कहलिएका रामले
रावणले सिता सँग सम्भोग गरेको छैन
भन्ने पत्याउन नसकेर
अग्नि परीक्षा लिनु पर्यो
त्यस्तो थियो रावण चरित्र
जसले अदृश्य रुपमा
सिताको अग्नी परीक्षा दियो ।




