काठमाडौं । नायिका केकी अधिकारीले कोरोना भाइरसको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपनि आफूलाई आइसोलेट गरेर राखेको जानकारी दिएकी छिन् । पहिलो पटक पोजेटिभ देखिए पनि दोस्रो पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ ।
उनले लेखेकी छन्, ‘केही दिन अघिको हावापानी वर्षापछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परीक्षण गराए जसमा मलाई कोरोना पोजिटिभ देखियो । चिकित्सकको सल्लाहअनुसार आफूलाई अलग्गै राखेँ र तीन दिन पछि पुनः परीक्षण गराउँदा नतिजा नेगेटिभ देखियो । नेगेटिभ नै देखिए पनि मैले हाललाई आफूलाई आइसोलेट गरेकी छु ।’
‘यही अन्योलता बिच मैले सबैको फोन उठाउन र मेसेज को प्रतिउत्तर दिन पनि केही दिन असमर्थ भएकोमा बुझिदिनु हुने बिश्वास पनि लिएकी छु र हार्दिक धन्यवाद पनि दिन चाहन्छु । हामी सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक छ । यहाँहरु सबैको सुस्वास्थ्यको कामना गर्दछु । आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाई पनि जोगाउनुहोस् ।,’ उनको भनाइ छ ।






