१. दिदी बहिनीहरुले आफ्ना दाजु भाईलाई राखी बाध्ने चलन नेपालका हिन्दूहरूको हुँदै होइन । यो चलन इण्डियनहरुको हो ।
२. कुनै नेपाली हिन्दूहरूले त्यो गरिरहेको छ भने, सिर्फ देखासिकी हो । नेपाली हिन्दूहरूले त आफ्ना गुरुहरू, पण्डित, पुरेत, ब्राम्हणहरु तथा केही विशेष प्रकारका मान्यजनहरुबाट मात्र लगाउने गर्छन् ।
३. अपबाद स्वरूप मिथिला क्षेत्रतिर दिदी बहिनीको हातबाट, राखी बाध्ने चलन देखिन्छ, त्यो नितान्त टिपिकल कुरा हो । किनभने मिथिलाको सम्बन्ध जमानामा (त्रेता युगदेखि) भारतीयसँग घनिष्ट रहेको देखिन्छ । उनीहरूले त्यो गर्नु स्वाभाविक रूप हो । तर बाकी नेपालीले त्यो गर्नु अस्वाभाविक
हो ।
४. जस्तै दिदी बहिनीले राखी बाध्ने समयमा उच्चारण गर्ने कुनै लिखित मन्त्र आविष्कार गरिएको छैन। यसको अर्थ त्यो संस्कृति होइन रहेछ नेपालीको । कसैले महामृत्युञ्जय मन्त्र हो भनेर भन्ने गर्छन् तर त्यो मन्त्र राखीको लागि पनि हो भनेर कहाँ लेखिएको छ ?
अस्तु ।




