१. चाइनालाई सायद छिट्टै नै एउटा कृप्टो युद्ध लड्ने सेना चाहिएको छ। रसियाले युक्रेनसंग लडे जस्तो । त्यसैले अब चाइनाले पनि भाडाका सिपाही भर्ती गर्न सक्छ ।
२. अब यही मौका पारेर, गोर्खा भर्ती केन्द्र खोल्न अनुरोध गर नेपाल सरकार चाइना संग । नेपाली युवाको निम्ति यो नजिकको गन्तव्यको रोजगारीको अवसर हुने नै भयो । मौका नछोड सरकार ।
३. तत्कालको लागि गोर्खा भर्ती अनुकूल नहुन सक्छ, चीनमा कुल्ली काम गर्नको निम्ति भए पनि नेपाल सरकारले छिटो भन्दा छिटो कुरा राख्नु पर्छ । त्यहाँ अहिले हजारौं अवसर छन् ।
४. बरु चाइना पठाउने ठेक्का तिम्रै आसे पासे, छोरा भतिजा लाई दिने ब्यबस्था गर । तर यो कामको औपचारिकता छिटो गर सरकार ।
५. उद्योग कलकारखाना बेचेर कमिशन खाने सरकार भएको देशमा, रोजगारीको लागि गर्ने पहल भनेकै, यस्तै यस्तै दलाली त हो । यो भन्दा पनि उत्कृष्ट अरु कुनै योजना छ र सरकार त संग ? छैन । छदै छैन। त्यो हामीलाई पनि थाहा छ।
६. यस्तै कुरामा गौरव गरौं । उद्योग खोल्न र चल्न नदिने कानुन निर्माण गर्ने नेता र कार्यकर्ता र तिनीहरूको पार्टीलाई वाह वाह गर्दै पटक पटक भोट हाल्न नबिर्सौं । भाडाका सिपाही र कुल्ली बन्न गर्व गरौं ।
(पुनश्च: गत वर्ष रसियनसंग पनि वार्ता गर सरकार भनेको हो मैले । युद्द लम्बियो भन्ने बितिक्कै मैले यो प्रस्ताव गरेको हो । नभन्दै, नेपाली युवाहरू व्यक्तिगत रूपमा पहल गरि आफै जान थाले । नेपाल सरकार सुतेको सुती छ यो मामलामा । “उसलाई थाहा नै छैन” रे । जानकारी छैन रे ! हासो लाग्छ यस्तो भद्दा मजाक सुन्दा पनि )
अस्तु ।




