आफैलाई बेचेर दाल-भात
खानु
र
आफैलाई बन्धकी राखेर
आवश्यक सवारीसाधन
चढ़नु
मेरो ईच्छा बाहिरका कूरो हुन सक्छन् मेरो देश !
किनकि मैले
बेच्नेहरुसंग हात
मिलाए कै छैन… !
न त किन्नेहरुको
लालचमा आएको छु !
तर ….
यहाँ त म
थुप्रै-थुप्रै
विरोधाभासहरुमा बांचिरहेछु !
यहाँ कहा छ गणतन्त्र,
कसलाई छ गणतन्त्र,
ऊस लाई छ गणतन्त्र
जो जस जसका भाइ भारदार हून ।
गणतन्त्र पनि स्वतन्त्रता छैन,
कालोलाई
कालो भन्दा सुन्दैन,
सेतोलाई
सेतो भन्न पाइदैन
ठिक उल्टा भन्नुपर्छ !
उत्पीड़नहरु ,
झूटका खेतीहरु ,
फस्टाउदै छन,
गणतन्त्र भनि
फैलाईएका भ्रमहरु ,
हत्याहरु ,
अपवादहरु
दुष्कर्महरु
सबै-सबै नै
सबैले
चुप बसी हेरिरहेका छन
पाले झै,
आज पनि
कतिको गाँस र वासको
हत्या भएकै छन् !
देशको माटो लुछेकैछन् !
डरले जनता
दिमाग तताएर
चुपचाप बसिरहेका छन्…. ,
थाह छ महाशय !
हाम्रा सपनाहरु लिलाममा छन्….!
उफ !!
ति सपना
कति मेहनतले देख्थ्यो हामी !
रमाएथे ह्रदयभरि
विपना सोचेर !
तर ती सपना
लिलाममा राख्नेहरु
आफ्नै त हुन् !
थाह छ
तपाईलाई महाशय !
लिलाममा गणतन्त्र
लिलाममा गणतन्त्र
तपाईको प्रतिक्रिया
Recommended For You
संबन्धित शिर्षकहरु




