अल्छे रातलाई सिँगार्नु
पर्छ भने
आउ
अपघाती आँखाभरि घोर निन्द्रा बोकेर
बिपनामा फस्टाउने सपना साकार पार्नु पर्छ भने
आउ
कर्मठ पाखुराभरि अथक जाँगर बोकेर ।
‘तिम्रो भयोत्पादक महारथले
हुन दिँदैन भन्ने भयो होला द्रोणाचार्यलाई धर्मको स्थापना
लाग्यो होला
कालो शक्तिले घाइते हुन सक्छ धार्मिक सभ्यता
तर
मागेको भए आँलो दान दिने महान त्यागीले
अवश्य पनि दिने थियो होला
आत्मसमर्पणको अकाट्य वचन
सुम्पि दिने थियो होला
गुरु (?) को चरणमा आफ्नो अचुक धनुर्वाण ।
‘दरिद्रताको जीवन-दाहक दाउराले अभावको सोते फुकेर
गरिबहरू दिनहुँ भोक बाल्छन्!
विकास के हो झुपडीको चुलाले भन्छ
तेस्रो विश्वको चुलोले देखाउन सक्छ
देशको विकासको चर्केको ऐना’
‘शोषण, आश्वासन, भ्रष्ट्राचार अनि कामुकतालाई च्यापेर
राजाले जनतालाई गर्न खोजेको माया (?) के हो ?
पूँजीवादले समाजका
‘पूँजीवादको तराजुमा
एकतिर झुपडी
अर्कातिर महल
औकातको तराजुले छुट्याउँछ
नुन-भातको निस्तोपना चौरासी-व्यञ्जनको मिठास’
‘पूँजीवादका विलासी नजरमा
मजदुर र गरिब सधैँ चप्पल
चुनावपछि शोषक नेताका अहङ्कारी नजरमा
निमुखा जनता सबै चप्पल’
‘मेरा शब्दहरू
कालो मुद्रा बोकेर वेश्यालय जाँदैनन्
गद्दारीको विनिमयमा अय्यासी किन्दैनन्
मेरा शब्दहरूले श्रम बेचेर भोक किन्छन्
वर्णमालाका खुर्पा बोकेर
निरक्षरता गोड्न पाठशाला जान्छन्’
‘युग युगदेखि नै
आफ्नो निर्वस्त्र आडमा
उसले सहेर आएको हो
उन्मत्त जवानीको दुर्वह भार
खपेकै हो उसले
उग्र नङ्ग्राको पैशाचिक अत्याचार
दोषी त उति नै हुन्
मखुन्डो लाउने ती कामातुर पुरुषसमाज तर न्यायहीन नजरहरूले
किन लाउछन् उसलाई मात्रै
गरिब नाउँको अमेट बदनामीको कालो दाग ?’
उक्त प्रसङ्ग उनको अर्को
समाजमा घाउ बनेर
‘प्रतिशोधी हातले
आफ्ना प्रियतमा आशू पुछिदिन सकेन
नारीका कोखबाट जन्मिएर
नारीलाई नै बलात्कार गर्ने बलात्कारीको उसले
उत्तेजक शिश्न काटिदिन सकेन’
‘उत्साह ओइलाएको जीवनलाई घिसारेर पनि
स्फूर्तिमा ऊ नाच्छ स्फूर्तिमा गाउँछ
भविष्य उद्रिएको निम्सरो सपनाभित्र
बाल्ने प्रयास गर्छ आशाको दीप्त सलेदो तर
आर्थिक असम्पूर्णताको कारण
उसलाई टाँसिदिएका हुन्छन्
गरिब नामको विकलीकृत विशेषण’
‘मेरी सहधर्मिणी,
हे मेरी प्रियतमा !
मानवतालाई कालो पोत्ने
दुष्ट दानवहरूले
आज मलाई
असिनाले चुटेको घाइते चरो जस्तो बनाए पनि
देशप्रेमी भावनालाई
यातनाले मेटाउन अथक प्रयास गरे पनि
लेख्न बस्तैछु
एउटा तुलनाहीन पत्र ।’




