नेपालको चितवनको ठोरीमा विशेष योजना सहित सिताराम मात्र होइन सीताका सुपुत्रहरु लव कुश को मन्दिर देखि विशेष प्रकारका स्मारकहरु (विभिन्न ऋषिहरू जस्तै वाल्मीकि देखि पाणिनी ऋषि सम्म) निर्माण गर्ने हो भने, करिब एक लाख जति युवाले प्रत्यक्ष रोजगार पाउने रहेछन् । मैले सरसर्ती हिसाब गर्दा पनि यति ठूलो संख्यामा रोजगार पाउने अवस्था रहेछ !
साथै लुम्बिनी एरपोर्ट समेत आन्तरिक तथा बाह्य पर्यटकको लागि यही कारणले स्वतः व्यस्त रहने रहेछ । अझ यही गन्तव्यलाई केन्द्रमा राखेर इन्डिया तीर प्रचार गर्ने हो भने पनि, पोखरा तथा मुस्ताङ पनि पर्यटकीय चाप बढ्ने रहेछ ! यसरी करिब एक लाखको रोजगारी सृजना हुने स्थलको विशेष निर्माण गर्ने कुन सरकार आउला नेपालमा ? कुन सरकारले बनाउला यस्ता रोजगारपूर्ण योजनाहरू नेपालमा ?
स्टन्ट बाजिको लागि धर्ममा राजनीति होइन, हाम्रा रैथाने धर्ममा पर्यटकीय आर्थिक नीति कुन सरकारले बनाउन सुरु गर्ला वा त्यो भन्दा अगाडि नै नेपाल झन् झन् तबाही हुँदै जाला ? स्मरणीय छ, गाउँ गाउँमा टावर निर्माण गर्दा लागेको सरकारी रकम नै करिब १२_१४ अर्ब रुपैयाँ पुगिसकेको छ, यो रकम भनेको चन्द्रमामा एउटा यान पठाउन लाग्ने खर्च भन्दा बढी हो ।
यही रकम बराबर खर्च गरेर इन्डियाले चन्द्रमामा चन्द्रयान पठाउँदा, इन्डियाको विश्व भरि कति ठूलो इज्जत प्रतिष्ठा बढेको छ । विश्वको चौथो राष्ट्र बनेको छ, चन्द्र यान सफल अवतरणको लागि । जापानले बल्ल सफल अवतरण गर्यो र पाँचौं राष्ट्र बन्यो । इंडियन नागरिक भने पछि बिश्वको कुना काप्चामा इज्जत प्रतिष्ठा बढेको पाइन्छ, यो चन्द्र यात्रा पछि ।
तर नेपालले गाउँ गाउँमा टावर निर्माण गरेर के कति उपलब्धि हासिल गरेको छ ? बरु बेरोजगार युवाहरु हामफालेर आत्म हत्या गर्ने टावर पो भएका छन् ! धत्! कुन गति र कुन मती भएका सरकार निर्माण हुन्छ ह नेपालमा ? नेपाल वा नेपाली बहादुरहरु कस्तो चक्र व्युहमा फस्न पुगे आफै ? कसले उद्धार गर्ला यसलाई ? के कुनै वीर विरङगाना अझै जन्मिएको छैन ?




