काठमाडौं । स्कटल्यान्डस्थित एबरडिन सहरमा आगलागीमा परी दुई नेपाली दिदी बहिनीको मृत्यु भएको छ । एबरडिनको ब्याक हिल्टन रोड बस्ने अन्दाजी २२ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको गत सोमबार साँझ ६ बजे भएको आगलागीमा परेर मृत्यु भएको हो ।
छिमेकीको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तलामा रहेका उनीहरु आत्तिँदै भुइँ तलामा झर्दा धुवाँको मुस्लोले निस्सासिएर बेहोस भएका र पछि निधन भएको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले जनाएका छन् ।
सुवेदी दिदी बहिनी पोखरा विश्वविद्यालयका पूर्वप्राध्यापक डा. यज्ञराज सुवेदीका छोरीहरू हुन् । सुवेदी परिवार लामो समयदेखि एबरडिनमा बस्दै आएको छ ।






