विराटनगर । विराटनगर महानगरपालिका ४ स्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा मंगलबार राति सालनालसहितको शिशु मृत फेला परेका छन् ।
आकस्मिक कक्षको महिला शौचालयमा राति ११ बजेतिर शिशु मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्दाजी ५/६ महिनाको जस्तो देखिने शिशु फेला परेको हो ।
शिशुलाई कसले जन्माएर शौचालयमा फ्यालेको हो भन्ने खुल्न बाँकी छ । अवैध गर्भबाट जन्मिएको शिशुलाई शौचालयमा फ्यालेको हुन सक्ने प्रहरीको अनुमान छ ।
शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाउने तयारी भइरहेको छ । शिशु जन्माएर फ्याल्ने महिलाको खोजी थालेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।




