मेष राशि
नयाँ जिम्मेवारी प्राप्त हुने योग छ । कार्य क्षेत्रमा धैर्य र संयमताका साथ अघि बढ्दा सफलता मिल्नेछ । अनावश्यक खर्चमा नियन्त्रण राख्न सके आर्थिक अवस्था सन्तुलित रहनेछ । सामाजिक तथा परोपकारी कार्यमा सहभागिता बढ्दा मान सम्मान र प्रतिष्ठा वृद्धि हुनेछ ।
वृष राशि
कार्यसम्पादनमा केही ढिलाइ तथा अवरोध आउन सक्छन् । पारिवारिक वा व्यक्तिगत कारणले निकट व्यक्तिसँग दूरी बढ्न सक्नेछ । तथापि, धैर्य र निरन्तर प्रयासले परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ । यात्राको अवसर मिल्नुका साथै नयाँ अनुभव समेत प्राप्त हुनेछन् ।
मिथुन राशि
नयाँ अवसरको खोजी तथा भविष्यका योजना निर्माण गर्न समय अनुकूल रहनेछ । दीर्घकालीन लाभका लागि प्रभावकारी रणनीति तय गर्न सकिनेछ । रोकिएका कामलाई पुन: गति दिँदा उल्लेखनीय उपलब्धि हासिल हुन सक्छ । बौद्धिक, लेखन तथा सिर्जनात्मक कार्यमा प्रगति हुनेछ ।
कर्कट राशि
नयाँ जिम्मेवारी तथा कार्यबाट लाभ र प्रतिष्ठा प्राप्त हुने सम्भावना छ । लामो समयदेखि प्रतीक्षा गरिएका अवसरहरू प्राप्त हुन सक्छन् । अध्ययन, अनुसन्धान तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ । परिवारको साथ र सहयोगले आत्मविश्वास बढाउनुका साथै कार्य सम्पादनमा सहजता ल्याउनेछ ।
सिंह राशि
सामाजिक तथा सार्वजनिक क्षेत्रमा सक्रियता बढ्नेछ । व्यक्तित्व, प्रभाव र प्रतिष्ठामा वृद्धि हुने सम्भावना छ । सन्तानको प्रगति तथा शिक्षासम्बन्धी विषयबाट सन्तोष मिल्नेछ । नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनुका साथै महत्त्वपूर्ण कार्यमा सफलता हासिल गर्न सकिनेछ ।
कन्या राशि
विभिन्न विवाद तथा चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ । त्यसैले बोली र व्यवहारमा संयमता अपनाउनु आवश्यक हुनेछ । स्वास्थ्यप्रति सचेत रहनुका साथै अध्ययन तथा बौद्धिक कार्यमा एकाग्रता बढाउने प्रयास गर्नुपर्नेछ । धैर्य, अनुशासन र निरन्तर मेहनतले समस्याको समाधान खोज्न सहज हुनेछ ।
तुला राशि
लामो समयदेखि रोकिएका तथा अधुरा कामले गति लिनेछन् । नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत विस्तार हुने सम्भावना छ । व्यापार, साझेदारी र आर्थिक कारोबारमा अनुकूल प्रगति हुनेछ । मित्र तथा सहयोगीहरूसँगको सम्बन्ध सुमधुर बन्नेछ र सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ ।
वृश्चिक राशि
स्वास्थ्यमा सामान्य कमजोरी अनुभव हुन सक्ने भएकाले खानपान, आराम र दैनिक दिनचर्यामा ध्यान दिनु उचित हुनेछ । खर्च बढ्न सक्ने हुँदा आर्थिक कारोबारमा सावधानी अपनाउनुपर्नेछ । अनावश्यक विवादबाट टाढा रहँदै निकट व्यक्तिसँग समझदारी कायम गर्न सके मानसिक शान्ति र सम्बन्धमा स्थिरता रहनेछ ।
धनु राशि
चुनौतीपूर्ण परिस्थितिका बीच पनि लक्ष्यतर्फ अघि बढ्ने अवसर प्राप्त हुनेछ । समस्याहरूको समाधान क्रमश: हुँदै जानेछ । आत्मविश्वास, सकारात्मक सोच र निरन्तर प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिनेछ । कार्य क्षेत्रमा नयाँ सम्भावना देखा पर्नुका साथै महत्त्वपूर्ण काममा सफलता मिल्ने संकेत छन् ।
मकर राशि
कामकाजमा केही सुस्तता देखिएपनि मेहनत र धैर्यले प्रगतिका अवसर सिर्जना गर्नेछ । अध्ययनमा राम्रो परिणाम प्राप्त गर्न थप एकाग्रता र परिश्रम आवश्यक हुनेछ । व्यापार तथा व्यावसायिक क्षेत्रमा क्रमिक सुधार आउनेछ । योजनाबद्ध ढङ्गले अघि बढ्न सके आर्थिक स्थिरता कायम गर्न सकिनेछ ।
कुम्भ राशि
दिन उत्साह, उमङ्ग र नयाँ सम्भावनाले भरिपूर्ण रहनेछ । नयाँ मित्रता गाँसिने तथा सामाजिक सम्बन्ध विस्तार हुने अवसर मिल्नेछ । यात्राबाट उपयोगी अनुभव र जानकारी प्राप्त हुन सक्छ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नुका साथै व्यक्तिगत जीवनमा सकारात्मक वातावरण कायम रहनेछ ।
मीन राशि
व्यापार तथा व्यावसायिक क्षेत्रमा सुधार र प्रगतिको सम्भावना छ । जागिरेहरूले कार्य क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनुका साथै पद र जिम्मेवारीमा वृद्धि अनुभव गर्न सक्छन् । विद्यार्थीहरूका लागि अध्ययनमा उत्साहजनक प्रगति हुनेछ । प्रेम तथा दाम्पत्य सम्बन्धमा आत्मीयता, समझदारी र सौहार्दता कायम रहनेछ ।




