एजेन्सी । कतिपयले सुत्नुअघि लुगा परिवर्तन गर्न जाँगर गर्दैनन् । यस्तो अवस्थामा नग्न भएर सुत्ने कुरा नपच्न सक्छ । तर, यो जाडो वा गर्मीको कुरा होइन । लुगा नलगाई सुत्दा हुने फाइदाका कुरा हुन् ।
विना कपडा राती सुत्नाले गहिरो निद्रा पर्ने मात्र होइन, यसले छाला सम्बन्धि समस्या कम गर्नुका साथै प्रजनन स्वास्थ्य राम्रो बनाउनुका साथै तनाव समेत कम गर्न मद्दत गर्ने विशेषज्ञहरुको भनाई छ ।
अमेरिकाको नेशनल स्पिल फाउण्डेशनका अनुसार एउटा स्वस्थ व्यक्तिलाई सुत्नका लागि ६० देखि ७० फरेनहाइट तापक्रम उपयुक्त मानिन्छ । यस तापक्रममा वातावरण ठन्डा रहन्छ । जसले गर्दा व्यक्तिलाई गहिरो निद्रा पर्ने गर्छ ।
साथै, विना कपडा सुत्नाले शरीरको तापमान आफ्नो अनुकुल हुन्छ । र, आन्तरिक तापमान पनि सन्तुलित रहने गर्छ । जसले गर्दा स्वास्थ्यमा विभिन्न किसिमको लाभ हुने गर्छ ।
विना कपडा सुतेमा शरीरमा रक्तसञ्चार प्रभावकारी रुपमा हुने गर्दछ । जसका कारण शरीरको रक्तचाप नियन्त्रित हुने गर्दछ । त्यतिमात्र हैन, यसले अक्सिटोनिक हर्मोनको मात्रा समेत बढाउँछ, जसले तनाव कम गर्नुका साथै स्वास्थ्यमा विभिन्न किसिमको फाइदा पुग्ने गर्दछ ।
यस्तै विना कपडा सुत्दा शरीरमा हावा राम्ररी पास हुने गर्दछ । जसले गर्दा छालाको संक्रमण हुन पाउँदैन । एउटा स्वस्थ व्यक्तिलाई दिनमा कम्तीमा ८ घण्टाको निद्रा आवश्यक पर्छ । र, विना कपडा सुत्दा शरीर ठन्डा रहनुका साथै शरीरको तापमान नियन्त्रित रहने गर्छ । परिणाम स्वरुप शरीर तात्नबाट जोगिन्छ र गहिरो निद्रा पर्ने गर्दछ ।
त्यसैगरी विना कपडा सुत्नु महिला र पुरुष दुवैका लागि उत्तिकै फाइदाजक छ । यसले पसिना आउनबाट रोक्नुका साथै जुन अंगमा बढी पसिना आउँछ ती अंगहरुमा संक्रमण हुनबाट जोगाउँछ ।
साथै, स्मरण शक्ति बढाउँछ । किनकी गहिरो निद्राका कारण शरीरमा ग्रोथ हर्मोनको उत्पादन हुन्छ, जसले दिमागको वृद्धि विकासमा सहायत प्रदान गर्छ ।
यस्तै विना कपडा सुत्नाले गहिरो निद्रा पर्दछ । र, तनाव कम गर्दछ । विशेष गरी, विना कपडा सुत्नाले शरीरमा कार्टिसोल हर्मोन कम हुने गर्छ, जसले तौल कम गर्नमा सहायता प्रदान गर्छ ।
त्यस्तै विना कपडा सुताईले आाफूलाई आफैसित साक्षातकार गर्न सिकाउँछ । र, जब तपाई आफ्नो शरीर देखेर सुखद अनुभुति गर्न थाल्नुहुन्छ, तपाईमा आत्म सम्मान तथा आत्मविश्वास स्वतः जाग्न थाल्छ ।






