एजेन्सी । आजको व्यस्त जीवनशैलीमा फिट र स्वस्थ रहनु सबैको प्राथमिकता हो । खास गरी पेटको बोसो घटाउने उपायको खोजीमा मानिसहरुले धेरै उपाय अपनाउने गर्छन् । मोटोपन आज लगभग हरेक मानिसको लागि समस्या भएको छ । चाहे त्यो पेटको बोसो होस् वा पूरा शरीरको बोसो ।
तर, आजकल मानिसहरु तौल घटाउन धेरै उपाय अपनाउँछन् । पेटको बोसो घटाउने उपाय होस् वा मोटोपना घटाउने उपाय होस्, मानिसहरुले धेरै कुराहरु गरिरहेका हुन्छन् तर सही जानकारीको अभावमा पेटको बोसो होस् वा शरीरको बोसो केहि पनि घटाउन सकिदैन । यहाँ हामी एउटा सरल र प्राकृतिक उपायको बारेमा कुरा गर्दैछौं, जुन पेटको बोसो घटाउन मद्दत गर्न सक्छ ।
अदुवा र कागती पानी
बिहान खाली पेटमा अदुवा र कागतीको पानी पिउनाले पाचन शक्ति मात्र बढाउँदैन पेटको बोसो पनि घटाउँछ । अदुवामा थर्मोजेनिक गुण हुन्छ, जसले शरीरको मेटाबोलिज्म बढाएर बोसो घटाउन मद्दत गर्छ । कागतीमा भिटामिन सी र एन्टिअक्सिडेन्ट पाइन्छ जसले डिटोक्सिफिकेसनमा मद्दत गर्छ ।
जीरा पानी
जीरा हाम्रो भान्सामा सजिलै उपलब्ध हुने मसला हो, जसमा पेटको बोसो घटाउने क्षमता हुन्छ । जीराको पानीले पाचन प्रक्रियामा सुधार गर्छ र मेटाबोलिज्मलाई गति दिन्छ, जसले तौल घटाउन मद्दत गर्छ ।
मेथी पानी
मेथीको दाना पेटको बोसो घटाउन पनि उपयोगी हुन्छ । यी दानामा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसले पाचनमा मद्दत गर्छ । मेथीको पानी पिउनाले भोक कम हुन्छ र लामो समयसम्म पेट भरी रहन्छ ।
मह र दाल चीनीको पानी
मह र दालचीनीको मिश्रणले शरीरको बोसो घटाउन मद्दत गर्छ । दालचीनीले मेटाबोलिजम बढाएर भोक नियन्त्रण गर्न मद्दत गर्छ र मह प्राकृतिक मिठाई हो ।






