“ममता!
तिमी नभए सभ्यताका सबै आयोजनहरू
अर्थहीन,
निरस एक एक कोरा पाना ।”
“जब देश दुख्छ
तिमी दुख्छौ
जब जातिलाई चोट लाग्छ,
“सबै नाङ्गिएकै छन यहाँ –
गुलाम नाङ्गिएको छ वस्त्रका अभावले
बिबी नाङ्गिएकी छे रुमानी स्वभावले
प्राचुर्यको धाक देखाउने बादशाहसमेत नाङ्गिएको छ
क्षमताको प्रभावले” ।
“एक झर बर्सातको आशामा बन्दी छ
मेरो काकाकुल गाउँ
उता हुट्टिट्याउहरू कराएका कराएकै छन्” ।
गाउँ काकाकुलको अमेट तृष्णामा छट्पटाइरहेको छ,
परिवर्तन ल्याउन मानिस जुर्मुराइरहेका छन्।
तर परिवर्तन विरोधी हुटिट्याउहरू
यो परिवर्तन नआओस् भनेर हल्ला मच्चाइरहेका छन् ।
यसैबिच भोकले छटपटाइरेका छन् श्रमजीवी मानिसहरू –
“आगैआगाको हल्लामा
कर्मजीवीको चुलामा सल्किएन
भुँडीको भोक निभाउने आगो”।
पृथ्वी प्रेमहीन भएको छ, भाइचाराहीन भएको छ ।
मानिस स्वार्थमा कुदेको छ र
अर्काको दुखेको अनुहार हेर्ने उसको समय छैन –
“ऐना,
तँ मुटुभित्र पसिहेर न
कति मुटुहरू चिरिएका छ्न्
प्रेम र भाइचाराको सुख्खा बतासले।”
“कस्तो पलायनवादी भए यहाँका भविष्यका चम्किला ताराहरू!
खिन्नताले थिचिएका जीवनका प्रत्येक क्षणहरू
कागजजस्तै च्यातिएर टुक्रा टुक्रा हुँदा पनि
सङ्घर्षको बिगुल बजाउन डराइसक्यो
यो घाइते युग” ।
“जुन दिन सत्यताले भद्रताको घुम्टो ओढेर
शान्तिको सास फेर्ने निर्णय लियो
त्यसै दिनदेखि असत्यले हैकम जमायो
त्यसैले म असत्यभन्दा सत्यलाई
घृणा गर्न
थालेको छु अहिले।”
“तिमी स्वच्छन्द
हिमाललाई सोध
बडा छाती भएको
तराईलाई सोध,
सोध न तिमी
यो विशाल
उपत्यकालाई
जो गाई हटाउदै
कूकूर डोर्याउन
तल्लीन छ।
नपत्याए तिमी देवकोटाका
मूनामदनहरू पढ
नारायणगोपालका गीतहरूलाई सुन,
अझै
मलाई खोज
तिम्रो र मेरो प्रेमकथा
कति लामो थियो
कति गहिरो थियो हाम्रो
ममताको बन्धन।
…
“साँझ बिहान सन्तुष्टिका दृश्य आँखाहरूमा बोकेर
स्वाभिमानी गीतहरू किन गाउन नपाउनु मैले आफ्नै ठाउँमा
अकपट भन ब्रह्मपुत्र” ।
“कारागारका अग्ला अग्ला पर्खाल र निर्मम यातनाहरूले
रोक्न सकेन जनचेतनाको भेललाई
आखिर आँसुका निनिला थोपाहरू चाटेर
आफै रोइरह्यो कारागार।”
हिजो आज
“बाल्यकालमा सुनेका श्लोकहरू
रिमिक्स भएर गुन्जिन्छ्न्
मधुरो स्वरमा
…के गरौँ “।
“कुनै उमेरमा पनि ,
कुनै समयमा पनि ,
कुनै ठाउँमा पनि,
लुटिने डर ,
लुछिने डर” ।
“बेरोजगारको भुँडीमा
पाइला टेकेर,
सभ्यताले उडाउँछ मङ्गलयान, विकास र कल्याणको बिचमा रहेको महाशून्यको बाटो।”
“शब्दहरू मेरा घाम हुन्” सङ्ग्रहभित्र पनि “मेरा तिमी”, “परिचित त्यो बाटोमा”,
“आस्थाका बिम्ब”,
“ढुङ्गा,मान्छे र “निरुत्तर”,
प्रेम भनेकै आशा र निराशाको दोछायाँ हो, भावुकता र कल्पना हो, आस्था र शङ्काको अनौठो सङ्गम हो,
“मनभित्र क्रमशः
झाँगिँदै गएका छ्न्, आत्मीयताका हाँगाहरू, आजभोलि,
मेरा पाइलाहरू,
नाँच्न थालेका छ्न्,
एक मुटु खुसीको नाँच,
तिम्रो सामिप्यमा।”
” धेरैपटक,
आशाको पछ्यौरीलाई, समातेर हृदयभरी,
ओछ्याउन आतुर हुछ्न्, आस्थाका बिम्बहरू।”
“बिचरा उसले थाहै पाएन, उसले विकासको यात्रामा कसरी विनाशको बिउ पोख्तै आएको रहेछ ।
“हुट्टीट्याउँले सगर थाम्दैन”, “काग कराउँदै गर्छ,
पीना सुक्तै गर्छ”।
“घाम भनेको
समग्र शक्तिको केन्द्र,
अँध्यारोको घातक,
आशाको बाटो,
जो यो घनघोर रातको,
वध गरेर भोलि,
आत्मप्रकाश छर्नेछ,
ममताको बन्धनले
यो धर्तीमा” ।
ममताको बन्धन
ममताको बन्धन
तपाईको प्रतिक्रिया
Recommended For You
संबन्धित शिर्षकहरु




