काठमाडौं । ‘फूलको आफ्नै कथा छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकालको स्वरको गीत ‘फूलको आफ्नै कथा छ’ सार्वजनिक भएको हो ।
सबैको जीवनका आआफ्नै कथा र भोगाइ हुन्छन् भन्ने भाव बोकेको यो गीतमा मणि भट्टराईका शब्द छन् भने बीबी अनुरागीले संगीत तथा एरेन्ज गरेका छन् । पाँच वर्षअघि नै सार्वजनिक भइसकेको यो गीत शुक्रबार भिडियोसहित पुन: रिलिज भएको हो ।
यो गीतका थुप्रै टिकटक भिडियो समेत बनेका छन् । धनेन्द्र रसाइलीले निर्देशन गरेको गीतको भिडियोमा रामकृष्ण आफैं फिचर्ड छन् । भिडियोमा राजेन्द्र विष्टको छायांकन तथा सम्पादन छ । भिडियो अमेरिकामा छायांकन गरिएको हो ।




