१. शहर बजारमा बाढी आउनु अगाडि नै बाढीको व्यवस्थापनको संरचना निर्माण गर्नु पर्छ, तर सरकारले सम्पूर्ण कुरा सिडियोको जिम्मामा छोडेको छ । जुन पुरै हास्यास्पद छ ।
२. हावाहुरी, बतास,चट्याङ तथा खडेरी आउँछ विनास गर्छ प्रत्येक वर्ष । पीडित वर्षौसम्म पीडित भएको देखिन्छ । तिनीहरूलाई सिडियोले हेर्नु पर्छ । खडेरीको त सरकारले सूचना बटुलेको समेत थाहा छैन अहिलेसम्म । अझ खडेरीको कारण भएको क्षति त सरकारलाई हेक्का पनि छैन ।
३. बाढी, पहिरो, अति वृष्टि, खण्ड वृष्टि, क्लाउड ब्रष्ट, मुसलधारे पानी, भारी वर्षा आदि जल उत्पन्न प्रकोपले बर्सेनि सयौ नेपाली परिवारलाई पीडित बनाउँछ। सरकारले यसको व्यवस्थापन एउटा सिडियोको जिम्मा छोडेको छ । कति हाई सञ्चो हो ?
४. देशको सिमानाको रक्षा वा रेखदेख मात्र होइन, सिमानाको निर्धारण समेत सरकारले त्यही सिडियोलाई छोडेको छ । सिडियो साब चानचुने कहाँ हो र नेपालमा ?
५. अरु नियमित प्रशासनको जिम्मेवारीका बारेमा त कुरा नै गर्नु परेन उहाँहरुको। कसैलाई पुलिसले गोली हान्यो भने पनि सिडियोले जिम्मा लिनु पर्छ! कस्तो नीति हो यो ?
६. अझ महामारीको व्यवस्थापन समेत जिल्ला जिल्लामा सिडियो साबकै जिम्मा छ । अचम्म लाग्छ, देख्दा सुन्दा र भोग्दा पनि ।
७. तर दुःखको कुरा, नेपाल हो, जसलाई गार्हो पर्यो_ पर्यो, राज्यलाई खास मतलब हुँदैन । राज्यका माथिल्लो निकायमा रहेका अधिकारीहरू तथा पदाधिकारीहरुलाई यस्ता कुराहरूले असर गरेको पनि हुँदैन । त्यही कारण एउटा सिडियोलाई यो सबै कुराहरूको जिम्मेवारी दिइएको छ । खासमा यो सरकार कर्तव्य च्यूतको पराकाष्ट हो।
८. एउटा सिडियोले के के गर्ने हो ? के के विषयको बिज्ञ हुन्छन् सिडियोहरु जिल्लामा ? जिल्ला जिल्लामा सिडियोलाई सहयोग गर्ने बिज्ञहरुको उपलब्धता कति छ नेपालमा ? केन्द्रमा त सही सल्लाह दिनेहरुको अभाव देखिन्छ सधैं ।
९. तर माथिका कम्तीमा पनि एक देखि चार सम्मका जिम्मेवारी सिडियो साबको टाउकोबाट निकाल सरकार ।
१०. प्राकृतिक विपत्तिका लागि जिल्ला जिल्लामा नयाँ निकायको निर्माण गरौं । केन्द्रको एउटा निकायले सबै तिर सक्दैन । सीमा सुरक्षा चाहिँ जनपद पुलिस, ससस्त्र तथा सेनालाई जिम्मा दे सरकार ।
अस्तु ।




