काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले अदालतबाट सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले गायक ओडलाई सफाइ दिएको हो । उनीमाथि लगाइएको आरोपमा दाबी पुग्ने अदालतले जनाएको छ ।
गत चैत ४ गते ओडमाथि श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी परेपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । ओड धरौटीमा रिहा भएका थिए ।




