१. हमासका राजनैतिक कमाण्डर स्माइल हानिएको हत्या ईरान कै आफ्नै अत्यन्तै विश्वसनीय, राष्ट्रबादी तथा मुस्लिम समुदायको पक्षमा सिंगो मध्य पूर्वमा अनेक ससस्त्र गुटहरु निर्माण गरिरहेको भनिएको फोर्स आईआरजीसी कप्स (IRGC; Islamic Revolutionary Guard Corps) कै कमाण्डरको नेतृत्वमा भएको छ !
२. यो बुझ्न हामी जम्मा सन् २०२० (2020) तीर जानुपर्ने हुन्छ । त्यो बेला IRGC का एक जना माथिल्लो कमाण्डर अलि युनीसी (Ali Younisi) ले भनेका थिए कि, “हाम्रो IRGC का माथिल्लो स्तरका कमाण्डरहरुले इजरायली मोसादको एजेन्टको रूपमा काम गर्छन्, उनीहरूले चाहेमा इरानका जोसुकैलाई जे पनि गर्न सक्ने अवस्था छ” । त्यो बेलाको उनको भनाइ निकै चर्चित भएको थियो । तपाईंहरूलाई पनि थाहा भएको हुनुपर्छ ।
३. हालै मात्र ईरानी राष्ट्रपतिको जुन दुर्घटना भनिएको मार्फत मृत्यु भयो, मृत्यु पश्चात उनको अन्त्यस्थठीमा हमासका राजनैतिक कमाण्डर स्माइल हानीया पनि ईरान आएका थिए । त्यो समयमा उनी बस्ने गेस्ट हाउसको विभिन्न तीन कोठाहरूमा भयानक विस्फोट पदार्थ राखिएको थियो । ताकि हानीयाको जसरी पनि हत्या गर्न सकियोस । आवश्यक पर्यो भने सिङ्गो गेस्ट हाउस नैं उड्ने गरी तीन वटै कोठाहरूमा राखिएको विस्फोट पदार्थ विस्फोट गर्ने ।
तर के भयो भने, हानिया बस्ने गेस्ट हाउसमा मीडियादेखि अन्य थुप्रै मानिसहरू जम्मा भए, त्यसले गर्दा, उनको हत्या हुन सकेको थिएन । अर्थात् स्माइल हानीया बाहेक अरु समेतको सामूहिक हत्या गर्दा, त्यसको सर्वत्र आलोचना हुने भयो, त्यो कुरा इजरायली मोसादले चाहेन ।
जब त्यो मिशन विफल भयो, तब त्यसलाई कसैबाट सूचना लिक गरियो । वा गराइयो । सूचना लिक भएपछि इरानले छानबिन गर्ने क्रममा दुई जना IRGC कै कमान्डरहरुलाई सिसी क्यामेरा (CC Camera) मा विस्फोट पदार्थ राख्ने कुरामा प्रत्यक्ष संलग्न रहेको भेटियो ।
स्मरणीय छ, सिसी क्यामेरा
(CC Camera) चेक हुनु अगाडि नै उनीहरूले प्लेन मार्फत ईरान छोडी सकेका छन् । उनीहरू कहा छन्, ईरानी सरकारलाई अहिलेसम्म थाहा समेत छैन । यसरी सबैले जान्ने गरी स्माइल हानीयाको हत्या प्रयास असफल भएको थियो । यो कुरा चासो राख्ने सबैलाई थाहा भएकै कुरा हो । यो त समाचार नै आएको थियो ।
४. अब रह्यो अहिलेको सफल हत्या मिशनमा पनि IRGC कै उच्च तहका कमान्डरहरू संग्लग्न छन् भनेर, IRGC कै एक उच्च तहका कमान्डरले आफ्नो नाम गोप्य राख्नु पर्ने शर्तमा द टेलिग्राफ (The Telegraph) लाई सूचना दिएका छन, हिजो मात्र ।
५. चाख लाग्दो अर्को विषय के छ भने, यो प्रकारको सूचना ईरान सरकारले पनि The Telegraph मार्फत नै पाएको छ ।
६. यो सूचना पाए पछि, ईरानी सर्वोच्च नेता आयातोल्ला खोमिनीले अस्ति दुई दिनमा करिब एक्काइस बाइस ( 21/22) पटक मीटिंग बोलाई सके ! उनको एउटै मात्र प्रस्न बारम्बार रहने गरेको छ, “यो कसरी सम्भव भयो ?”
७. यो हत्या पछि इरानका उच्च स्तरका जोसुकै नीतिगत निर्णय गर्ने तहका नेताहरु, शासक, प्रशासकहरु इजरायली मोसादले चाहेमा कोही पनि सुरक्षित छैनन् भन्ने कुरा पुन: सन् 2020 मा अलि युनिसीले भने जस्तै परिस्थिति विद्यमान रहेको रहेछ भन्ने कुरा अहिले ईरानी सरकार पुगेको छ ।
८. त्यसैले, अस्तिसम्म स्माइल हानीयाको ठूलो बदला लिन्छौं भन्ने ईरान हिजो देखि एक हदसम्म पछि हटेको छ । बोली मथ्थर भएको छ ।
९. उता इजरायलीले भने झन झन कडा प्रतिक्रिया दिँदै आएको छ । आफू सम्पूर्ण रूपमा झन तयार रहेको बताएको छ ।
१०. यहाँ स्मरण गर्नु पर्ने कुरा के छ भने, ईजरायली मोसादले ईरानी कमान्डरहरुलाई नै एजेन्टको रूपमा प्रयोग गरिरहेको छ । यसरी एजेन्टको रूपमा प्रयोग गर्नको निम्ति ठूलो पैमानामा पैंसा प्रयोग गरिरहेको छ इजरायलले भनेका थिए अली युनीसीले ।
११. इजरायलले यो हत्याको जिम्मेवारी किन लिएको छैन होला त ? यसको पछाडि दुई कारण छन्:
(क ) प्रत्यक्ष रूपमा मोसादका (इजरायली नागरिक) कुनै पनि सदस्य हत्यामा संलग्न छैनन् ।
(ख) तर हत्या आफ्नै योजना हो, आफ्नै लगानी हो । आफ्नै सफल मिशन हो । मोसादको प्रतिष्ठा चुप लागेर बसेमा नै दुनियाँले स्वतः बुझ्दछ, त्यसैले स्माइल हानीयाको हत्या किन स्वीकार गर्नु पर्यो र ? काम फत्ते भएकै छ, दुनियाँले बुझेकै छ । उसले यस्तै यस्तै रणनीति अपनाउँदै आएको छ ।
(ग) नेपालमा राजा वीरेन्द्रको सिंगो परिवारका सदस्यहरूको हत्या पनि यस्तै रणनीति प्रयोग गरेर, विदेशी शक्तिहरूले गराएका हुन् भनेर थुप्रै विश्लेषकहरुले भन्दै र लेख्दै आएका छन् । तर अहिलेसम्म कसैले (उक्त हत्यामा सहभागी) पनि रहस्य खोलेका छैनन् ।
अस्तु ।




