काठमाडौं । आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि जितेकी छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आश्माले मिस नेपालले उपाधि जितेकी हुन् ।
हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आश्मा ‘मिस नेपाल २०२४’ बनेकी हुन् । उनीसँगै यो वर्ष ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि भने करुणा रावतले जितिन् । त्यस्तै, ‘मिस नेपाल अर्थ’को उपाधि सुमना केसीले उचालिन् ।
लामो संघर्षपछि आफूले ‘मिस नेपाल वर्ल्ड’को उपाधि प्राप्त गरेको आश्माकुमारीले बताइन् । ‘म असाध्यै उत्साहित र खुशी छु । मेरो यति धेरै संघर्षको फल आज मैले प्राप्त गरेको छु । म मिस नेपाल वर्ल्ड भइसकें भन्ने कुरालाई आत्मसाथ गर्न सकिरहेकै छैन ।’
२६ वर्षीया आश्माकुमारी उद्यमी तथा सोसल वर्ककी विद्यार्थी हुन् । मिस नेपालको यात्रा तय गर्न आफूले थुप्रै चुनौतीको सामना गर्नुपरेको उनी सुनाउँछिन् । सोसल वर्कमा स्नातक गरेकी उनी इम्पोर्ट डिस्ट्रिव्युसन एक्सपोर्टको व्यवसायमा सक्रिय छिन् ।
त्यस्तै यस प्रतियोगितामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्सको उपाधि कृति श्रेष्ठले जितेकी छन् ।




