काठमाडौं । तेस्रो लिङ्गीसँग सम्बन्धि नेपाली चलचित्र निशब्दको शुभमुहुर्त गरिएको छ । नायिका तथा निर्देशक शुवेच्छा थापाको निर्देशनमा चलचित्र निर्माण हुन लागेको हो । राधारमन मन्जिल मल्टीप्रपोज ग्रुपको ब्यानरमा निर्माण हुन लागेको चलचित्र निशब्दको राजधानी स्थित भद्रकाली मन्दिरमा शुभ मुहर्त गरिएको हो ।
चलचित्रमा तेस्रो लिङ्गीसँग सम्बन्धित घटना, विषय वस्तुलाई कथामा समेटेर निर्माण गर्न लागिएको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रको छायांकन दुई दिनपछि हुनेछ । चलचित्रमा शुभेच्छा थापा, सरोज दाहाल, उमेश खड्का, समीप निरौला, गोमा केसी र रश्मि भट्टको अभिनय रहने छ ।
यस्तै शुशिला निरौला, कमल निरौला, रमेश ढकाल, सविता खड्का, भगवान भण्डारी, कल्पना वीसी, संजय मडभरी, माया देवि श्रेष्ठ, सहारा खड्का, हुमा गिरि, सागर हुमागाई, चन्द्र बहादुर गुरुङ, बन्दना गुरुङ, अनुप श्रेष्ठ, सुरेश पुडासैनी, प्रनिता तामाङ, मन महर्जन, गंगा गुरुङ, प्रकृति राणा मगर लगायत कलाकारहरुको पनि अभिनय रहनेछ ।
चलचित्रको निर्माता उमेश खड्का हुन् भने कार्यकारी निर्देशक सरोज दाहाल रहेका छन् । द्वन्द्व निर्देशक देव श्रेष्ठ रहेका छन् । पट कथा सौरव दवाडीको रहेको छ । छायांकन विनोद बरालले गर्नेछन् । नृत्य निर्देशक शंकर विश्वकर्माले गरिरहँदा व्यवस्थापक नेत्र बहादुर कार्कीले समाल्ने छन् । चलचित्र तिहारपछि रिलिज गरिने निर्माण टिमले जनाएको छ ।




