अहिलेको परिवेशमा नेपालको राजनीतिमा चतुर खेलाडी मानिने केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ बीच जुहारी चलिरहेको छ भन्दा अतियुक्त नहोला । अहिलेसम्म प्रधानमन्त्री समेत रहनु भएका ओलीले कुनै पनि प्रतिक्रिया नदिइरहँदा बालेनले आफ्नो आक्रोश सामाजिक संजाल मार्फत पोखिरहेका छन् । अहिले सामाजिक संजालमा फलोअर घटाउने टेन्ड चलेको छ । यस्तो अवस्थामा बालेन र प्रधानमन्त्री ओलीका बीचको भिन्नता निकै स्पष्ट देखिन्छ ।
बालेन साह, जो काठमाडौं महानगरपालिकाको प्रमुखका रूपमा छन्, उनी जनताको मनमा बस्न सकेका छन् । कुनै समय सिताराम कट्टेल ‘धुर्मुस’ सामाजिक कार्यमा लाग्दा वाहवाही कमाए झै अहिले बालेनले त्यहि उचाई हासिल गरेका छन् । उनी यो स्थानमा कहिलेसम्म बस्न सक्छन् भन्ने कुरा महत्वपूर्ण छ । अहिले राजनीतिक दृश्यमा उनले हासिल गरेको उचाई कसैले कल्पना समेत गर्न सक्दैन ।
बालेन साहको उदय काठमाडौंका नागरिकहरूको अपेक्षा र चाहनाको प्रतिनिधित्व गर्दछ । उनले महानगरपालिकाको प्रमुखको रूपमा कार्यभार सम्हाल्न थालेपछि नागरिकहरूको रोजाइ र समर्थनका कारण उनको लोकप्रियता उच्च तहमा पुग्न सफल भएको छ । बालेनको नेतृत्वमा काठमाडौंको शहरी विकास, सार्वजनिक सेवाहरूको सुधार र युवा पिढीको आकांक्षाको प्रतिनिधित्व गरेको छ । उनका कार्यहरू र योजनाहरूले उनलाई नयाँ राजनीतिक नायकका रूपमा स्थापित गरेको छ, जसले उनको छवि फिल्ममा देखाइने ‘हीरो’ पात्रका रूपमा बनाएको छ ।
अर्को तर्फ एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्प कमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने प्रति जनताको विश्वास घट्दो छ । सरकारको नेतृत्वमा हुने अनियमितता, भ्रष्टाचारको आरोप र राजनीतिक प्रतिकूलताले उनीहरुका समर्थकहरूको संख्या घटेको छ ।
बालेनको सफलता र राजनीतिक नेतृत्वको पतन नेपालको समकालीन राजनीतिक परिप्रेक्ष्यको महत्त्वपूर्ण उदाहरण हो । बालेनको उचाइको कारण, उनले जनताको अपेक्षाहरूलाई पूरा गर्नका लागि स्मार्ट, प्रभावकारी र नविनतम उपायहरू अपनाएका छन् । उनले जनतालाई विश्वास दिलाएका छन् कि उनी मात्र शब्दमा होइन, कर्ममा पनि सक्षम छन् ।
अर्कोतर्फ, राजनितिक दलहरु असफल नेतृत्वका कारण दोषी ठहरिएका छन् । भोट माग्दा गरेका बाचाहरू पुरा गर्नमा विफलता, असंगत निर्णय र आलोचनाका शिकार बनेका छन् । यसले उनीहरुको छवि झन् झन् कमजोर बनाउँदै लगेको छ ।
आजको दिनमा यो स्पष्ट छ कि जनताका अपेक्षाहरूलाई पूरा गर्ने, प्रभावकारी नेतृत्व र पारदर्शिता राजनीति र सार्वजनिक जीवनमा महत्वपूर्ण भूमिका खेल्दछन् । बालेनले जस्तो सफल नेतृत्व र समर्पणको आवश्यकता छ भने, राजनीतिक नेतृत्वले आफूलाई परिमार्जन गरी जनतासँगको विश्वास पुन: प्राप्त गर्नुपर्ने आवश्यकता छ ।




