काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले कलाकार भिसामा विदेश पठाइदिने निहुँमा ठगी गरेको आरोपमा कलाकार सुलेमान शङ्कर (इकु) भनिने सूर्यमान शङ्करलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार, सूर्यमानले सांस्कृतिक कार्यक्रमको नाममा क्यानडा, अष्ट्रेलिया र युरोपेली देशहरूमा कलाकार भिसामा पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।
“उनीमाथि नक्कली कागजात तयार गरेर ठगी गरेको अभियोग लागेको छ,” प्रहरी उपरीक्षक बोगटीले भने, “सूर्यमानले विदेश लैजाने बहानामा व्यक्तिहरूबाट १५ देखि २० लाख रुपैयाँसम्म उठाउँदै ठगी गरेको जानकारी प्राप्त भएको छ, र अहिले यस बारे थप अनुसन्धान भइरहेको छ ।”
पक्राउ परेका सूर्यमानलाई जिल्ला अदालत काठमाडौंले सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सिआइबीले जानकारी दिएको छ ।




