एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोडाका सौतेनी बुबा अनिल मेहताले बुधबार बिहान मुम्बईको बान्द्रास्थित आयशा मनोर भवनको छैटौँ तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । घटना बिहान ९ बजे भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार, हालसम्म कुनै सुसाइड नोट भेटिएको छैन, जसले गर्दा आत्महत्याको कारण अझै खुल्न सकेको छैन । प्रहरीले फरेन्सिक टोलीसँग मिलेर हरेक कोणबाट अनुसन्धान गरिरहेको छ । अनिलको शवलाई पोस्टमार्टमका लागि बाबा अस्पताल लगिएको छ ।
अनिल अरोरा मर्चेन्ट नेवीका पूर्वकर्मचारी थिए । घटना हुँदा मलाइका पुणेमा थिइन्, तर खबर सुन्नासाथ मुम्बई फर्किइन् । मलाइकाका पूर्वपति अभिनेता अरबाज खान पनि घटनास्थलमा पुगेका थिए ।




