‘मैले मै हुँ गोठालो भनेँ
कुन्नि के के भुन्भुनाई उसले
म गाईबस्तुको भाषा, नदी-बगरको भाषा घाँस-पातको
भाषा बुझ्छू भन्छ,
उसका कुरा बुझ्न नसकेर
अरू नै कसैको कुरा सोधेको होला भनेर फर्काइदिएँ…’ ।
स्वाभिमानमा चोट लाग्दा
रौॅ रौॅमा रिस उठोस
सम्मानमा बाँच्ने रहर
मनमा हरपल जागोस् ।
हो रहेछ
‘साँच्चै त गोल होइन
ईषत् गोल रहेछन्
हरेक भकुन्डा पेलेहरू
आफ्ना खप्पिस खुट्टाले
एउटा ईषत् गोल भकुन्डोलाई
आफूसँगै घोलेर
गोल्याउँदा गोल्याउँदै
गोलमा टुङ्ग्याउँदा रहेछन्
मैले त्यही ईषत् गोलो भकुन्डोलाई
गोलो सोचेर हान्नाले नै
गोलपोस्टदेखि ईषत् बाहिर जाँदो रहेछ
गोलबारदेखि ईषत् माथि जाँदो रहेछ’।
गोल हान्दा हान्दै
गोल’खाँदाखाँदै
गाउँ खाँदाखाँदै खाँदाखाँदै
देशलाई नै निल्न थाल्यौ
….
दिँदादिँदै गाउँ दिँदादिँदै दिँदादिँदै’ ।
आज,
‘बोलू-नबोलू गर्दै बोलेँ
…..
हिँडू-नहिँडू गर्दै हिँडेँ
…
बसूँ-नबसूँ गर्दै बसेँ”
‘सरस्वतीले अँध्यारो नासून्
लक्ष्मीले पसिना पुछून्
तिम्रा चर्तिकलाबाट
देशैभरिका घर घरका आँगनमा
बसी छर-छिमेकी हाँसून्’ ।
‘भित्तामा उत्ताउलिरहेको टिभीले
भ्रष्टाचारको बिगुल फुक्यो
एक्कासि अस्थिर भयो मेरो पलङ
तल-माथि, दाहिने-देब्रे, ओल्टो-कोल्टो
चञ्चल भयो मेरो पलङ
हन के भयो/ नियालेर हेरेँ
छक्क पर्नु
पलङका खुट्टै रहेनछन्
….
….
गर्ल्याम्म झरेँ झल्यास्स ब्युँझिएँ
सधै भ्रष्टाचार,
गालामा कटकटिएछ रयाल
रयाले जो परियो
जति गरियो
आफन्तलाई मात्र गरियो
देश लिलाममा भरियो ।
‘प्रभुले हात्तीको पुच्छरलाई सुँड भने
ठोक ताली
प्रभुले सुँडलाई पुच्छर भने
ठोक ताली
…..
पृथ्वी उभिएर घामले घुमेको प्रायोजित प्रचारमा
लट्ठ पर्छन् सोझा नागरिक
….
विज्ञापनले सर्वोत्तम भनेको टुथपेस्टले
निखार्न सकिरहेको हुँदैन
नेताहरूको ह्वास्स पोस्ट-टुथ दुर्गन्ध ।’
‘तिम्रा थरथरी कामेका ओठका चित्र
उतार्न सकिरहेका छैनन्
मेरा थरथरी कामेका हातले
…
कुचीले कोरेका चामलले कहाँ पाक्तो रहेछ र भात
कहाँ भरिँदो रहेछ भुँडी’।
‘कता गए चखेवा ऐनितमको मिठो स्वरमा मख्ख परेका
काबान मात्रै सुन्दैछु त छातीभित्र एकान्तमा रुँदै गरेका
घ्यारघ्यार घोर्लिँदैछ घोर्ले यन्त्र यन्त्रणा छरेर’ ।
‘तिमीलाई उभ्याउन प्रकृतिले सरलताको औँलो दिँदा
तिमी उसको डुँडुलो निल्ने धृष्टता नदेखाऊ पार्थ
यो विराटको सामु तिम्रो सूक्ष्मतालाई नियालेर हेर
संयत होऊ पार्थ, संयत होऊ
…..
तिम्रो कुरुक्षेत्रको फोहोरले देशलाई फोहोरी बनायो भने
कहाँ सास फेर्छौ पार्थ, कहाँ राज गर्छौ?’
छातिभरि सिङ्गो देश बोकेर त्यो देशमा आफ्नानिम्ति
एउटा घर खोज्दै छ कि
खोज्दै छ कि आफ्नो आँगन एउटा
नानीलाई स्वाधीनताको कथा सुनाउन
देशभक्तिको भाषा सिकाउन
आफ्नो एउटा मझेरी खोज्दैछू म।
‘अलमल्ल छु म
अलमल्ल छ ‘म’
अल्मलिएको छ आफूमा कतै नदेखेर आफूलाई
‘म’ ।
‘दिनदिनै तिमीहरूका नङ्ग्रा बढेको देख्ता मलाई दु ख लाग्छ
दिनदिनै तिमीहरूले दाह्रा किटेको देख्ता मलाई दु ख लाग्छ’ ।
‘मध्येदिनको घाम जब तेरो आङमा पग्लिएर
हिल्याएको खेतमा तप् तप् झर्छ
हलो छोडेर हिलो भइदिन मन लाग्छ मलाई
तेरो मगमग पसिनामा मात्न मन लाग्छ मलाई
नक्कल पार्न पनि नजान्ने हिलैफिल्लै मैना मेरो
त्यो फालिले घोचेर
भुतुक्कै पार्न मन लाग्छ।
‘ देउताको गोडामा दानवले ढोग्यो
दानवका छोराले पनि लगत्तै ढोग्यो
देउताको छेवैमा बसेको देउताको सानो छोरालाई दानवले ढोग्यो
दानवका छोराले ढोगेन,
बज्र परेको दानवले आफ्ना छोरालाई घचेट्यो
‘ढोगीहाल’ भन्ने इसाराले
दानवका छोराले सुस्तरी भन्यो,
‘यो ढोग भविष्यलाई रहोस् बाबु
ऊ देउता बन्न सक्यो भने म उसलाई ढोगौँला
म देउता बन्न सकेँ भने उसले मलाई ढोग्ला।’
‘अनन्त भेलको कामना गर्दैछन् माछाहरू
अनन्त भेललाई औँलाका इसाराले बगाउन खोज्दैछन्
……
यी माछाहरू
जीवनले मातेका माछाहरू
सङ्ग्राममा हुर्किएका माछाहरू।’
‘म त सोझो सजिलो मान्छे हजुर
मलाई निले पनि म त केही नगरौँला हो
तर तपाईँले मलाई निल्दै जाँदा
मेरो हातको खुकुरीले
तपाईँलाई चिर्दै गयो भने!
चिर्दै गयो भने तिमीलाई!’
‘एकलव्यको रगतले भिजेको तक्मा अर्कैलाई भिराएर
जागिर जोगाउँछन् द्रोणाचार्यहरू
एकलव्यको रगतले भिजेको तक्मा भिरेर
हाँस्छन् अर्जुनहरू, नाच्तछन् दुर्योधनहरू
….
अब तिम्रो छेउमा पनि आउन सक्छन्
तिम्रो बूढिको औँलो माग्दै
कुनै द्रोणाचार्य
त्यतिबेला के गर्नुहुन्छ तपाईं?
के गर्नुहुन्छ त्यतिबेला?
म त देखाइदिन्छु बुढीऔँलो इस् भनेर
देखाइदिन्छु बान्किलो खुकुरी जस्तो बुढी औँलो
ई…ई…स् भनेर।’
‘कोर्न खोज्दै थिएँ चामलका सग्ला दाना आमाको हातको मानामा ढाल्न
खोज्दै थिएँ दूई सिङ्गा ढुङ्गा
सगरमाथाको कम्पनले।
‘खाँदाखाँदै गाउँ खाँदाखाँदै खाँदाखाँदै
ऊ बलियो न बलियो भएर मौलाउँदै गयो
दिँदादिँदै गाउँ दिँदादिँदै दिँदादिँदै
म लुते न लुते भएर बिलाउँदै गएँ
उसले जितेका निरोगी गाउँभित्रै
घ्यारघ्यार गर्दै बाँचिरहेका छन् मैले हारेका गाउँहरू पनि
त्यो घ्यारघ्यार महामारी भएर फैलिँदै छ अहिले
….
खोइ अझै उसले
दे
बुझ्या छैन।’
‘ नदी पर्खन्छ भिजाउन माटो
प्रेम आफैलाई पर्खन्छ उम्रिन
बादल बर्सन
म पनि सिक्तैछु पर्खन
तिम्रा खेतको हिलोहरूमा
सिक्तैछु बिस्ता…रो बिस्तारो
उकास्न
हिलामा भासिएका खुट्टाहरू,’
‘राजा आउँदै छ
मूल बाटोले बाजा बजाउँदै छ
बाटा किनारमा हाँस्न ठिक्क पारेको प्रजा
हाँस्न नजानेर दाँत बजाउँदै छ’ ।
‘आज लक्ष्मी बसिनन् भगवानका गोडामुनि
पृथ्वीलोकमा कसैले गिज्यायो रे
जो अगुवा उही के जाति भनेर
स्वाभिमान दुखेर टोलाउदै छ
ऊ
…
देश फ
अब बस्दैछ आफ्नो पुरानै आसनमा
पूर्ववत ओछ्याएर हाँसो
पूर्ववत गोडा पसारेर
शङ्कित ऊ
ठम्याउने प्रयास गर्छ
देशको ऐठनको रहस्य।




