१. समाजमा परिवर्तन आउनको लागि सुरुमा बौद्धिक क्रान्ति आवश्यक हुन्छ । नेपाली समाजमा त्यो प्रकारको बौद्धिक क्रान्ति नभएको सयौ वर्ष भइसक्यो ।
२. सयौ वर्ष अगाडि हिमालयको दक्षिणी भागमा व्यापक बौद्धिक क्रान्ति भएको रहेछ । त्यसको परिणाम स्वरूप सयौ ऋषि मुनीहरु मार्फत विशाल आध्यामिक, प्राकृतिक र सांस्कृतिक ज्ञान विज्ञानको रूपमा सयौ किताबहरू समेत तयार भएका रहेछन् । तिनीहरूको लेखन परिमार्जन तथा तिनीहरूको विस्तारिकरणका लागि दर्जनौं दर्जन सम्बन्धित ऋषि मुनीहरुको बहस तथा अन्तरक्रिया कार्यक्रम भएको कुरा, स्वयम् ती किताबहरूमा (ती शास्त्रहरुमा) पढ्न सकिन्छ ।
३. आज भोलिका वैज्ञानिकहरूले सम्बन्धित विषय ऊपर सम्मेलन गरे जस्तै, उक्त समयमा सयौ ऋषिहरूको शास्त्र सभा बस्ने र त्यहाँबाट नयाँ निर्क्यौल निकाल्ने काम भयो ।
४. अर्थात् हाम्रा ऋषिमुनिहरूले हाम्रो समाजलाई एउटा निश्चित बाटोमा हिडाउने काम गरे । त्यसलाई परिणाम स्वरूप अहिले हामीसँग भए गरेका भौतिक (मठ मन्दिरहरु ) र बाैद्धिक सम्पतीहरु (जस्तै गिता) विद्यमान छन् ।
५. हामीले आज भोलि बुझ्ने गरेको संविधान देखि अर्थ व्यवस्था जस्ता कुराहरू त्यो समयमा सायद कौटिल्य को अर्थ राजनीति देखि मनुस्मृति मार्फत समाजलाई बाध्ने काम गरे ।
६. यो एउटा विशाल बौद्धिक क्रान्ति भएको थियो। त्यसैको कारण हिमालय क्षेत्रमा रहेका राज्यहरू कम्तीमा पनि सत्रौं शताब्दी सम्म, अन्य विश्वका राज्यहरू भन्दा सम्पन्न थिए, उन्नत थिए र मानवीय मूल्य मान्यता बोकेका संस्कार संस्कृतिका धनी थिए । स्वयम् हालको बंगलादेश अस्ति भर्खरै सत्रौं शताब्दीको मध्यसम्म यो क्षेत्रको सबैभन्दा सम्पन्न राज्य थियो ।
७. अब नेपालमा पनि फेरि समय अनुसारको नयाँ बौद्धिक क्रान्ति आवश्यक भइसकेको छ । त्यो नभएसम्म देश बलियो हुन सक्दैन । देशले आर्थिक प्रगति गर्न सक्दैन । देशले विकाशको फड्को मार्न सक्दैन ।
८. आजको आवश्यकता बौद्धिकता हो। नकी चम्चा गिरी गरेर, निहित स्वार्थमा लम्पट हुनु ! लम्पट गिरीले, आफ्नै पुस्तालाई पछाडि धकेल्ने काम गर्छ ।
अस्तु ।




