एजेन्सी । खरबुजा गरमीको उपहार मानिन्छ । यो स्वादिष्ट फलमा ९२ प्रतिशत पानी हुन्छ, जसले शरीरलाई डिहाइड्रेसनबाट बचाउँछ । यसमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, पोटासियम, लाइकोपीन र सिट्रुलिन जस्ता प्लान्ट रसायनहरु पनि हुन्छ । यसमा शरीरलाई फाइदा पुर्याउने पोषक तत्व भरपूर हुन्छन् । तर चिकित्सकका अनुसार यसको अत्यधिक सेवन गर्दा शरीरलाई हानी पनि पुग्न सक्छ ।
पखाला र पाचनमा समस्या : खरबुजा पानी र डायट्री फाइबरको राम्रो स्रोत मानिन्छ । यद्यपी धेरै मात्रामा यसको सेवन गर्दा पखाला, सुन्निने, पेट फुल्ने, पेटमा ग्यास लगायतका समस्या देखिन सक्छ । विज्ञहरुका अनुसार खरबुजामा पाइने सर्बिटोल एक सुगर कम्पाउण्ड हो । पेटमा ग्यास वा डायरिया हुनुमा यही कम्पाउण्ड जिम्मेवार मानिन्छ । यसबाहेक लाइकोपीन नामक सामग्रीले पनि यस्ता किसिमका समस्या बढाउँछ । यो एक पिग्मिन्टेड अक्सिडेन्ट हो जसले खरबुजालाई रातो रंग दिन्छ ।
ग्लुकोज लेभल : विज्ञका अनुसार यदि तपाईँलाई मधुमेहको समस्या छ भने खरबुजाले शरीरमा सुगर लेभल ट्रिगर गर्न सक्छ। खरबुजा स्वस्थकर त छ तर यसमा ग्लाइसेमिक धेरै मात्रामा पाइन्छ। त्यसकारण यसको सेवन गर्नु पहिले चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ।
कलेजो सुन्निने समस्या : चिकित्सक भन्छन् कि अल्कोहल लगातार सेवन गर्ने जोसुकैलाई पनि धेरै खरबुजा खानबाट रोक्नुपर्छ । लाइकोपीनको हाइ लेभल अल्कोहलको साथ शरीरमा नराम्रो असर पुर्याउँछ । सधैँ रक्सी या अल्कोहल सेवन गर्ने मानिसले यदि उच्च मात्रामा खरबुजा खाएमा यसले कलेजो सुन्निने खतरा बढाउन सक्छ । कलेजोमा अक्सिडेटिभ स्ट्रेस बढ्नु शरीरको लागि निकै खतरनाक हुन सक्छ ।
ओभर हाइड्रेसन : ओभर हाइड्रेसन अर्थात् वाटर इन्टाक्सिकेसन एक यस्तो मेडिकल कन्डिसन हो जसमा बिरामीको शरीरमा पानीको मात्रा आवश्यक भन्दा बढी हुन्छ । यसले शरीरमा सोडियमको मात्रा घटाउँछ । खरबुजामा ९२ प्रतिशत पानी हुन्छ, जसको धेरै मात्रामा सेवन गर्दा ओभर हाइड्रेसनको समस्या हुन सक्छ । चिकित्सकका अनुसार यदि शरीरमा पानीको मात्रा नियन्त्रण गरिएन भने यसले ब्लड भोल्युम बढाउन सक्छ । यसले खुट्टा सुन्निने, थकावट हुने र किड्नी कमजोर हुन सक्छ । सोडियमको लेभल अचानक गिर्दा पनि शरीरलाई बेफाइदा हुन सक्छ ।
कार्डियोभास्क्यूलर : खरबुजालाई पोटासियमको पनि निकै राम्रो स्रोत मानिन्छ । यसले शरीरलाई स्वस्थ राख्नका लागि अलग अलग तरिकाबाट काम गर्छ । यसले शरीरको इलेक्ट्रोलाइट फङ्गसन र मुटुलाई दुरुस्त राख्ने काम पनि गर्दछ । यसका साथै पोटासियमले हाम्रो हड्डी मजबुत बनाउँछ । तर सायद तपाईँलाई अन्दाज नहुन सक्छ कि यसको अत्यधिक मात्राले कार्डियोभास्क्यूलरसँग जोडिएको समस्या बढाउन मद्दत गर्छ । मुटुको अनियमित धड्कन या कमजोर पल्स रेट यसको परिणाम हुन सक्छ ।






