काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । ६ हजार ८५८ पीसीआर र ३ हजार २०८ जनाको एन्टीजेन परीक्षणका क्रममा १, ८७५ जनामा संक्रमण पुष्टि भएको हाे ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ ।
यस्तै पछिल्लाे २४ घण्टामा २ हजार १६४ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ ।
यस्तै आज (शनिबार) काेराेना संक्रमणबाट २१ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृतक संख्या ९ हजार ५२७ पुगेको छ ।






