१. रतन टाटाले एउटै घटनामा दशौं हजार बाल बच्चा हत्याको निम्ति हतियार उत्पादन तथा बिक्री गरेका थिए। उनी महान हुन वा होइनन् ? आफै विचार गर्नुहोस् ।
२. रतन टाटाले व्यापार गरे । इन्डियामा नम्बर एक बन्ने जुक्तती निकालें । ठूलो व्यापारी बने । विदेशी ठूला कम्पनीसँग सहकार्य गर्दै रहे । इन्डियाको निम्ति मात्र होइन विश्व बजारमा ठूलो व्यापारी बने ! खरब पति भए ।
३. सन्तान बिहिन रतन टाटाले मध्य पूर्वमा रहेका कम्तीमा पनि बारह (१२) वर्ष मुनिका हजारौं बाल बच्चा हत्याको निम्ति हतियार उत्पादन गरेर उनीहरूलाई बेची रहे, बेची रहे ! आज मृत्यु पछि पनि उनको कम्पनीले निहत्था मान्छेको हत्याको निम्ति हतियार उत्पादन गरेर बिक्री गरिरहेको छ । यसलाई तपाईं महानता मान्नु हुन्छ ?
त्यसो भए तपाईंका छोरा छोरीहरू बेचेर पैसा कमाउनुस् । मैले वाह वाह गर्छु तपाईंको । हुँदैन ? त्यही गर्नुस कृपया !
४. आफै हिसाब गर्नुहोस्, मध्य पूर्वको पछिल्लो एउटै घटनामा बयालीस हजार मृतक मध्ये करिब कम्तीमा पनि सोह्र देखि विस प्रतिशत (१६ देखि २०) बारह वर्ष मुनिका बालबालिका छन् । त्यस मध्ये चार वर्ष मुनिका बालबालिका अधिक छन् । नीहत्या महिला तथा वृद्ध वृद्दाको त हिसाब नै छैन । कसले हिसाब गर्ने ?
५. त्यो हत्या अभियान सञ्चालन गर्ने राष्ट्र आफैले करिब अठार हजार लडाकुको सफाया भएको भनेको छ । यसको अर्थ बाकी चौबीस हजार त निर्दोष बाल बालिका महिला तथा वृद्ध वृद्धाको हत्या गरिएको रहेछ नी ! होइन र ?
यो प्रकारको हत्याको निम्ति रतन टाटा वा उसको कम्पनीले पनि उक्त सरकारलाई हतियार बेचेको छ । अहिले पनि बेच्दै छ, अर्को नरसंहारको निम्ति जस्मा एकैदिन पाँच सय सत्तरी भन्दा बढी को मृत्यु भएको छ (लेबनानमा)। हजारौं घाइते भएका थिए ।
६. “व्यापार फरक कुरा हो । टाटा हत्यामा लागेको छैन । यसलाई यसरी जोड्न मिल्दैन” भन्ने लाग्छ भने, एकपटक तपाईंको घरका छोरा छोरी तथा नाति नातिनाको अनुहार हेर्नुस त । बिना कारण उनीहरूको हत्या कसैले गर्यो भने तपाईंले स्वीकार गर्न सक्नु हुन्छ ?
कसैले कुनै मकस्दको निम्ति तपाईंका घरका बालबालिका मार्यो, ठिकै त हो, उसले पैंसा कमायो भनेर चित्त बुझाउन सक्नु हुन्छ ?
७. बाल बच्चा हत्या गरिरहेको देश, सरकार वा शक्तिलाई हतियार बेच्ने कंपनी र त्यसको मालिक महान कसरी हुन्छ ? ऊ हत्यारा हो । रक्त पिपासु राक्षस हो । यसरी बुझ्नु सही हुन्छ ।
८. त्यति मात्र होइन, टाटा कम्पनी थुप्रै देशहरूमा चलिरहेका गृह युद्द दमन गर्नको निम्ति समेत हतियार बेचिरहेको छ, त्यहाँको सरकारलाई ।
९. पछिल्लो समयमा उसले मोरक्कोको निम्ति भारी मात्रामा हतियार उत्पादन गरिरहेको छ ।
१०. त्यसैगरी अफ्रिकाको साहिल क्षेत्रको निम्ति उसले हतियार उत्पादन गरिरहेको थियो । साहिल क्षेत्र थाहा छैन भने गूगल गर्नुहोस् र बुझ्नु होस त्यहाँ के भइरहेको छ भनेर ।
११. इन्डियाको आंतरिक विद्रोह दमनको निम्ति पनि उसले हतियार उत्पादन गरिरहेको छ, इन्डियन सरकारको निम्ति । आफ्नै देशका नागरिक मार्न हतियार बेचिरहेको छ टाटाले । अनि उ महान ? अनि उ सफल ? हतियारको व्यापार नगरे हुँदैन ?
१२. विश्व मानव कल्याणको विपरीत, मानव नरसंहार, जातीय सफाया, धार्मिक सफाया मात्र होइन, दशौं हजार बाल बच्चा सहित निहत्या महिला तथा वृद्ध वृद्धाको हत्याको निम्ति हतियार उत्पादन तथा बिक्री गर्ने जोसुकैलाई महान भन्न मिल्दैन । मैले महान भन्दिन । सफल भन्ने कुरा हुँदैन । भन्नु हुँदैन । तपाईंको निम्ति महान होला ! सफल व्यापारी होला ! सफल दिमागी होला ! मेरो निम्ति होइन । अपराध गरेर पैंसा कमाउनु सफलता ?
१३. ठूला हत्याराहरुलाई महान देख्न थालियो भने, यो समाज कहा पुग्ला विचार गर्नुहोस् । हत्याराहरुलाई तिरस्कार गर्न सुरु गर्नुहोस् । यसैमा हामी सबैको कल्याण हुन्छ ।
अस्तु ।
ए पोख्रेल ।




