काठमाडौं । नायिका नीति शाहले पूर्वराजा ज्ञानेन्द्र शाहबाट दशैंको टिका लगाएकी छन् । पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न उनी बडादशैंको मुख्य दिन शनिबार माहाराजगञ्ज स्थित निर्मल निवास पुगेकी थिइन् ।
उनले पूर्वराजा शाहको हातबाट टीका लगाएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक समेत गरेकी छन् । उनले तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्,‘जय देश जय नरेश ।’
पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्नेको भीड नै लागेको छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरूप टीका, जमरा थापेर मनाइन्छ ।






