एजेन्सी । अभिनेता अभिषेक बच्चन र निम्रत कौरको नाम हालै सामाजिक सञ्जालमा जोडिन थालेको छ । ऐश्वर्या रायसँग सम्बन्धमा दरार आएको हल्लासँगै अभिषेकको निम्रतसँग नजिकिएको चर्चा चलेको हो । यद्यपि, अभिषेकले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
निम्रत कौरले भने यो अफवाहलाई अस्वीकार गर्दै आफू आफ्नो काममा ध्यान दिन चाहने बताएकी छन् । एक अन्तर्वार्तामा उनले भनिन्, “यो मात्र गसिप हो। यस्तो कुरालाई रोक्न गाह्रो हुन्छ ।”
अभिषेक र निम्रतले सन् २०२२ मा रिलिज भएको फिल्म ‘दसवीं’ मा सँगै काम गरेका थिए, जसमा निम्रतले अभिषेकको अन-स्क्रीन पत्नीको भूमिका निभाएकी थिइन् । यस वर्षको सुरुबाटै अभिषेक र ऐश्वर्याबीच टाढिने चर्चा हुँदै आएको छ ।
ऐश्वर्या बच्चन परिवारबाट अलग बस्न थालेको र अभिषेकको पारिवारिक कार्यक्रमहरूमा अनुपस्थित रहनुले पनि उनीहरूको सम्बन्धमा समस्या आएको अड्कल लगाइएको छ । तर, अहिलेसम्म अभिषेक र ऐश्वर्याले यस बारे औपचारिक रूपमा केही बताएका छैनन् ।






