एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानले शनिबार, अक्टोबर २६ मा आफ्नो ४९ औँ जन्मदिन विशेष तरिकाले मनाइन् । सुजैनले आफ्नो जन्मदिनका लागि प्रेमी अर्सलान गोनीसँगै नजिकका साथीहरूको जमघट आयोजना गरेकी थिइन् ।
यस अवसरमा सुजैनका पूर्वपति ऋतिक रोशन र उनकी प्रेमिका सबा आजाद पनि पार्टीमा सहभागी भए । सबा आजादले इन्स्टाग्राम स्टोरीमा एक तस्बिर सार्वजनिक गरेकी छन् जसमा उनी, सुजैन, ऋतिक र अर्सलान सँगै पोज दिँदै खुसी देखिएका छन् ।
सबाले बर्थडे गर्ल सुजैनलाई “सुजालु” उपनाम दिएका छन् र स्टोरीमा लेखेकी छन्, “ह्याप्पी बर्थडे सुजालु ❤️ सधैँ मुस्कुराइरहनुहोस् ।”






