काठमाडाैं । अभिनेता पुष्प बहादुर खड्का (पुष्प खड्का) ले कार किनेका छन् । बाइकमा नै हिँड्डुल गर्ने गरेका पुष्पले साेमबार क्रेटाकाे गाडी किनेका हुन्, जसकाे मूल्य ७० लाख रहेकाे छ ।
कैलालीका पुष्पले यतिकाे सफलता हात पार्न निकै संघर्ष गरेका छन् । उनका अधिकांश चलचित्र फ्लप भएपनि उनी भने चर्चामै छन् । उनलाई मारुनी चलचित्रले चर्चा दिलाएको हो । काेराेनाक कारण अहिले चलचित्र क्षेत्र ठप्प हुँदा अन्य सेलिब्रेटीहरू हाइ काढेर बसिरहेकाे अवस्थामा पुष्प भने म्युजिक भिडियाेमा व्यस्त छन् । उनकाे व्यस्तता र सफलता दिनप्रतिदिन उकालाे लागिरहेकाे छ ।
पछिल्लाे पुस्ताका अभिनेताहरूकाे नाम लिने हाे भने पुष्प चाैँथाेमा नम्बरमा आउँछन् । उनकाे प्रतिस्पर्धा अनमाेल केसी, प्रदीप खड्का र पलसँग चलिरहेकाे छ । अभिनयकाे हिसाबमा प्रदीप र पलकाे तारिफ अलि बढी हुने गर्छ ।






