नयाँ दिल्ली । बलिउड अभिनेत्री प्रियंका चोपडालाई उनका अमेरिकी श्रीमान् निक जोनसले एक महंगो ड्रिंक्स उपहार दिएका छन् । जन्मदिनको अवसरमा निकले प्रियंकालाई रेड वाइनको एक महंगो बोतल उपहार दिएका हुन् ।

अमेरिकामा रहेका निकले १९८२ को एक चेटो माउन्टेन रोथ्सचाइल्ड पठाएका हुन् । प्रियंकाले आफ्नो इन्स्टाग्राममा उक्त बोतलको तस्वीर सेयर गरेकी छिन् । उक्त ड्रिंक्सको ७५० मिलिलिटरको बोतलको एक लाख ३१ हजार ३७५ पर्छ । यो एक दुर्लभ ड्रिंक्स हो । यो एक बोतल ड्रिंक्स किन्ने पैसाले भारतमा एक राम्रो बाइक नै खरिद गर्न सकिन्छ ।
प्रियंकाको जन्मदिनमा निकले सामाजिक सञ्जालमा आफ्नो प्रेम पनि दर्शाएका छन् । उनले इन्स्टाग्राममा प्रियंकाको तस्वीर सेयर गर्दै लेखेका छन्– ‘जन्मदिनको शुभकामना मेरी माया । तिमी संसारको सबै खुशी डिजर्भ गर्छौ, आज र हरेक दिन । लभ यू ।’






