काठमाडौं । गायिका अञ्जली डिसीको स्वरमा रहेको ‘ए मेरो परदेशी’ बोलको गीत सार्वजनिक भएको छ । नेपाली युवा युवतीको जिवन भोगाईलाई गीतमा समेटिएको छ । देशमा रोजगारीको अभावमा विदेशिएका युवा युवती बीचको पिडा र भोगाईलाई गीतमा समेटिएको छ ।
लामो समयदेखि वैदेशिक रोजगारीको शिलशिलामा ओमानमा कार्यरत काशी राम सुनार अर्थात् काशी जेटिको शब्द तथा संगीत र विशाल निरौलाको संगीत संयोजनमा गीत तयार गरिएको छ ।
विभिन्न दुःख पिडामा परेका नेपालीलाई उद्धार गर्दै आएका काशीराम सुनारले छोटो समयको बिदा मनाउन स्वादेशमा आएका गीतकारले मौकाको सदुपयोग गरेको र समग्र युवाको प्रतिनिधित्व गर्दै गीत बजारमा ल्याएको बताए ।
दिनेश पराजुलीको छायाँकन दिनसन शाहको सम्पादन र गम्भिर विष्टको निर्देशन भिडियोमा रहेको छ । गीतका नायिका केकी अधिकारी र काशी राम सुनार र रमा थपलियाको अभिनय देख्न सकिन्छ ।






