१. नेपाली विश्लेषकहरु कति पक्षपात पूर्ण रूपमा प्रस्तुत हुन सक्छन् तिनीहरूलाई लाज सरम केही लाग्दैन ? जस्तै: अस्ति पाँच तारिखको दिउसो सम्म कमला ह्यारिसले चुनाव जित्ने आधारहरू भनेर नौं वटा सम्म बुँदा पेश गर्ने नेपाली विद्वान् विश्लेषकहरु टेलिभिजनमा चिच्याउँदै थिए ।
२. फेरि ठ्याक्कै तिनै नेपाली विद्वानहरू हिजो छ तारीखदेखि डोनाल्ड ट्रम्पले चुनाव जित्नुका कारणहरू पेस गरिरहेका छन् ! अलिकति सरम, नैतिकता छैन महोदयहरुलाई ?
३. तिनीहरूको यो प्रकरणको विश्लेषण इन्डियन मिडियासँग ठ्याक्कै मेल खाएको थियो । इन्डियनले आफ्नो धोती फ्याकेर कमलाको पक्षमा नाङ्गो पक्ष पोषण गरेका थिए । जबकि मोदीको निम्ति ट्रम्प नजिका हुने सम्भावना बढी रहेको छ । यो कुरालाई आँखा चिम्लिएर इन्डियनहरु, कमलाको पक्षमा नाङ्गो पक्ष लिएको थियो !
४. नेपाली विद्वानहरूले अब अरु केही नपाएर, कमला ह्यारिस महिला भएको कारण उनले भोट नपाएको भन्ने कुरालाई पो अझ महत्व जस्तो दिएर आफ्नो अल्प हेराइलाई ढाकछोप हेर्ने कोसिस गरिरहेका छन् । छ्या तिम्रो हेराइ ? छया तिम्रो बुझाइ ? तिम्रो भित्री तुस हामीले नबुझेको हो र ? भोट नारी पुरुष हेरेर हाल्ने होइन, एजेण्डामा हाल्ने हो । होकी होइन महोदयहरु ? कमलाका आफ्नो मौलिक एजेन्डा के के थिए ? कुनै एउटा मात्र बताउनु होस कृपया ? बताउनुहोस् ! डोनाल्ड ट्रम्पका एजेण्डामा प्रति प्रस्न गर्नु बाहेक कुनै नयाँ योजना वा एजेण्डा थिएनन् डेमोक्र्याटसंग !
५. महिला भएको कारण हार भएको भनेर विविसीले समेत दिएको थियो। जब कि विविसी देखि सिएनएन मात्र होइन अमेरिकन करिब 89 प्रतिशत पत्रकार तथा सञ्चारकर्मीहरु डोनाल्ड ट्रम्पको बिरुद्द लागेका थिए । घाम जत्तिकै छर्लङ्ग थियो ।
६. तर अमेरिकन बहुसंख्यक मतदाताले वास्तविकताको पहिचान गरेका छन् । यथार्थको धरातलमा उभिएर भोट गरेका छन् । एजेण्डा माथि भोट गरेका छन् । आफ्नो एजेण्डा प्रस्तुत गर्न समेत नसक्ने उम्मेदवारलाई किनारा लगाउनु उनीहरूको लागि आवश्यक थियो अहिलेको विश्व बजारमा । त्यही गरेका छन् ।
७. इन्डियामा मोदी सरकार, चाइनामा सिजिङ पिङ सरकार अर्थात् एक प्रकारको राष्ट्रबाद ! त्यो बीचमा नेपालको हविगत के हुन्छ अब ? नेपालीलाई अब कसले कसरी बचाउ गर्ला ? अहिलेको नेपालको ओली सरकारको टेको अब कुन निहुँमा कहिले झिकिने हो, कोबाट ? टेको लगाइएको शक्ति सरकारबाट फिर्ता हुँदैछ ।
८. डोनाल्ड ट्रम्पले विगतको कार्यकालमा आफ्नो परराष्ट्र नीतिमा व्यापक परिवर्तन गर्न नसकेता पनि व्यवहारमा निकै परिवर्तन गरेका थिए । त्यसैको परिणामस्वरूप उनको कार्यकालमा विश्वमा कहीं कतै युद्द भएन । उनले युद्द हुन् दिएनन् । उनी युद्द विरोधी हुन । उनी व्यापार गरेर देशले आर्थिक प्रगति गर्नु पर्छ भन्ने विश्वास राख्दछन् । उनी एक प्रकारको मौलिक आदर्श राख्ने राष्ट्रबादी ब्यक्ति हुन् ।
उनी मानवता बिरुद्दको अपराधलाई प्रोत्साहन नगर्ने स्वभावका देखिन्छन् । मान्छेको जन्म हुनु वा जन्म दिनु प्राकृत वा ईश्वरीय स्वभाव हो । रोक्नु हुँदैन । छेक्नु हुँदैन । अप्राकृत औषधि, भ्याक्सिन वा अन्य प्रकारका औषधि प्रयोग गराएर मानवता बिरुद्दको अपराधलाई प्रोत्साहन गरेर पैसा कमाउनु हुँदैन भन्छन् ।
९. व्यापार पनि सत्यमा आधारित गर्नु पर्छ भन्ने विश्वास राख्दछन् । यो मान्यता बहुराष्ट्रिय कम्पनीका मालिकहरुको हित विपरित छ । त्यसैले ती कम्पनीहरु डोनाल्ड ट्रम्पको बिरुद्द सबै प्रकारका साधनहरू प्रयोग गरेर सधैं लागेका थिए र आज पनि लागेका छन् । भोलि पनि लाग्ने नै छन् । त्यही अन्तर्गत नेपालका दर्जनौं विश्लेषक देखि केही पढे लेखेका मान्छेहरू पनि डोनाल्ड ट्रम्पको बिरुद्द लागेका थिए ।
त्यसलाई उनीहरूले कमलाको पक्षमा महिला विभेदको नाममा तुस पोखेका थिए । फेरि उनीहरूलाई यो प्रकारको बुद्दी पनि त्यही अमेरिकन वा युरोपियन राष्ट्रहरू ले दिएको हो । उल्टै उनीहरूलाई नै अर्ती दिने नेपालीले, उनीहरूकै पैंसा खाएर ? उनीहरूकै स्कूलिङ्ग पढेर, उतै अर्ती ? हा हा हा !
फेरि पनि अन्त्यमा, भोट महिला, पुरुष, अपाङ्ग, कानो अन्धो, बहिरो, गोरो अनुहार वा कालो रंग हेरेर हाल्ने चीज होइन, एजेण्डा हेर्ने हो । एजेण्डा चित्त बुझ्यो भोट हाल्यो ।
१०. सबैभन्दा ठूलो राष्ट्रिय स्वार्थ हो भन्ने कुरा कहिले बुझ्लान् नेपाली स्वघोषित विद्वान विदुषीहरुले, भोटहरुले, अगुवाहरूले ?
११. गार्हो छ नेपाल बदल्न । नयाँ महेन्द्र शाह नआउँदासम्म बुद्दी विलास गर्नुको विकल्प छैन नेपालमा । कहिले आउलान् ती राष्ट्रनायक, हाम्रै पालामा वा छोरा नातिको पालामा ?
अस्तु ।
ए पोख्रेल ।




