एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् एवम् व्यापारी राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बईको क्राइम ब्रान्चले सोमबार अबेर राती राज कुन्द्रालाई पक्राउ गरेको हाे । पोर्न फिल्म बनाएको र बेचेको उनीमाथि आरोप छ ।
उनले अलग-अलग एप्सको माध्यामबाट त्यस्ता पाेर्न फिल्म बेचिरहेको पाइएको छ । आरोप पुष्टि गर्ने प्रमाण समेत फेला परेकाे मुम्बई प्रहरीले जनाएकाे छ । राज कुन्द्राको घरमा समेत पुगेर प्रहरीले अनुसन्धान अघि बढाएकाे छ ।
प्रहरीका अनुसार इमेलको माध्यमबाट उनी अश्लिल भिडियो विदेशमा पठाउने गर्थे । त्यसपछि विदेशबाटै ओटीटी प्लेटफर्ममा अपलोड गरिन्थ्यो । मुम्बई क्राइम ब्रान्चले धेरै अघिदेखि नै उनलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो । यस आरोपमा उनीसहित ११ जना पक्राउ परेका छन् । प्रहरीले उनको सम्पतिको पनि खोजतलास गरिरहेको छ ।
मुम्बई क्राइम ब्रान्चका अनुसार राजको विरुद्ध यसै बर्ष फेब्रुअरीमा उजुरी परेको थियो । राज कुन्द्राले पोर्न फिल्म उद्योगका लागि ८ देखि ८० करोड भारु लगानी गरेको पाइएको छ । राज कुन्द्रा र उनका ब्रिटेनमा रहेका भाईले त्यही केनरिन नामको एक कम्पनी बनाएका छन् । फिल्मको भिडियो भारतमा सुट हुन्थ्यो र ब्रिटेनमा ट्रान्सफर हुन्थ्यो । यो कम्पनी कुन्द्राले नै बनाएको र विदेशमा दर्ता गरेका थिए ताकि भारतको साइबर ल बाट बच्न सकियोस् ।
मुम्बई पुलिसले फ्रेबुअरीमा अभिनेत्री गहना विशिष्ठसहित ६ जनालाई पक्राउ गरे । पछि तीनजना अरु पक्राउ परे । उनीहरुलाई कथित रुपमा अभिनेत्रीलाई पाेर्न फिल्मका लागि न्यूड सीन सुट गर्नका लागि बाध्य पारिएको आरोप लगाइएको थियो । सुट गरिएको फिल्मलाई पेड मोवाइल एप्लिकेशनमा सार्वजनिक गरिएको पनि खुलेकाे थियाे । यस घटनामा प्रहरीले उमेश कामतलाई पक्राउ गरेपछि राजबारे खुलेकाे हाे ।
यदि उक्त प्रमाण पुष्टि भएमा राज कुन्द्रालाई भारु दश लाख रुपैयाँको जरिवाना र पाँच बर्ष जेल सजाय हुने उल्लेख छ । पोर्नोग्राफी र पोर्नोग्राफिक सामाग्रीका सन्दर्भमा भारतको कानुन कडा छ । इन्टरनेटको माध्यामबाट अश्लिलताको व्यापार अपार भएको छ । यस्तोमा पोर्नोग्राफी पनि एक ठूलो कारोबार भएको छ । यसमा फोटो, भिडियो, टेक्स्ट, अडियो सामाग्री पर्छ, जुन यौन, यौन कृत्य र नग्नतामा आधारित हुन्छ । यस्ता सामाग्रीलाई विद्युतिय माध्याममा प्रकाशित गर्ने, प्रसारण गर्ने, कसैलाई पठाउने विरुद्ध एन्टी पोर्नग्राफी कानुन लगाइन्छ ।
राज कुन्द्राको जन्म सन् १९७५ को सेप्टेम्बर ९ तारिखमा मुम्बईमा भएको थियो । उनी पेशाले व्यवसायी हुन् । उनका पिता पञ्जाबी हुन् । उनका पिता लण्डनमा बस कन्डक्टर थिए । त्यसपछि उनले व्यवसाय सुरु गरेका थिए । तर, राजका पिता अत्यधिक धनि भने थिएनन् । राजकी आमा पसलमा सहयोगीको रुपमा काम गर्थिन् ।
राज कुन्द्राको सन् २००३ मा कविता कुन्द्रासँग विवाह भएको थियो । तर, उनीहरुको विवाह लामो समय टिकेन र सन् २००६ मा सम्बन्धविच्छेद भयो । त्यसपछि राजले बलिउड अभिनेत्री शिल्पासँग सन् २००९ मा विवाह गरे ।
राज र कविताको सम्बन्ध टुट्नुमा शिल्पा कारण भएको भन्दै निकै चर्चा चलेको थियो तर राजले यस विषयमा जवाफ समेत दिएका थिए । उनकी पहिलो पत्नी कविताको अरु कसैसँग सम्बन्ध भएका कारण उनीहरुको सम्बन्धविच्छेद भएको राजले स्पष्टिकरण दिएका थिए ।






