काठमाडौं । नेपाली कथानक चलचित्र ‘निशब्द’को सुटिङ ९० प्रतिशत सम्पन्न भएको छ । हाल चलचित्रको सुटिङ सुन्ताखानको जंगल क्षेत्रमा भइरहेको छ । सुटिङको दौरानमा नायक उमेश खड्का घाइते भएका छन् ।
घटनाको पूर्ण विवरण सार्वजनिक नगरिए पनि निर्माण टिमले नायकको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । चलचित्रको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ ।
अब बाँकी रहेको सुटिङ चाँडै सम्पन्न गरेर पोस्ट प्रोडक्सनको तयारीमा जाने योजना निर्माण टिमले जानकारी दिएको छ । ‘निशब्द’ आगामी दिनमा दर्शक माझ ल्याउने तयारीमा रहेको बहुप्रतीक्षित चलचित्र हो । निर्माण टिमले चलचित्रको सम्पूर्ण कार्य समयमा नै पूरा हुने विश्वास व्यक्त गरेको छ ।






