एजेन्सी । स्तन क्यान्सर विशेषगरि महिलालाई बढी हुने कारण यसलाई महिलाकाे राेग मानिन्छ । यद्यपी याे राेग पुरूषमा पनि देखिने गर्छ । पुरुषमा स्तन क्यान्सर ६० वर्ष माथिका पाइएको छ । खराब जीवनशैली र केही जेनेटिक डिसअर्डरका कारण पनि पुरुषमा स्तन क्यान्सर हुन सक्ने भारतकाे क्यान्सर विशेषज्ञ डाक्टर जगदिश सिन्दे बताउँछिन् ।
हेराैँ यसका लक्षणहरू :
छातीमा गाँठो बन्नु : यदि तपाईंको छातीमा गाँठो बनेको छ भने यसलाई नजर अन्दाज नगर्नुहोस्। यो स्तन क्यान्सरको लक्षण हुनसक्छ। यो गाँठो स्तनको मुन्टो वरिपरि पनि हुनसक्छ। साधारणतया यस्ता गाँठो दुख्दैनन् तर छुँदा कडा हुन्छन्। क्यान्सर बढ्दै गएपछि यो गर्धनसम्म सुन्निने गर्छ। यद्यपि, धेरैजसो गाँठो क्यान्सरका लक्षण हुँदैनन् तरपनि यदि तपाईंमा यस्तो समस्या देखिएको छ भने डाक्टरसँग सम्पर्क गर्नुहोस्।
डण्डीफोरजस्तो घाउ : स्तन क्यान्सरको ट्युमर छालाबाट पनि निस्कन सक्छ । क्यान्सर बढेको स्थितीमा निप्पलमा घाउ देखिने सक्छ । यो घाउ एउटा पिम्पलजस्तै देखिन्छ । यसका साथै स्तन वरिपरि गाँठो देखिनु वा छातीको छालाको रङ परिवर्तन हुने लगायतका लक्षण पनि पुरुषको स्तन क्यान्सरको संकेत हुनसक्छ ।
ट्युमर बढ्नुका साथै स्तनभित्र एक प्रकारको जकडिएको महसुस हुन्छ । यस्तोमा निप्पल भित्रतिर जान पनि सक्छ । निप्पल भएको हिस्सा वरिपरिको छाला रुखो हुनथाल्छ र बिमिरा पनि देखिन थाल्छ ।
निप्पल डिस्चार्ज : यदि तपाईंको शर्टमा कुनै गहिरो दाग देखिन्छ भने यसलाई बेवास्ता नगर्नुहोस् । यो निप्पल डिस्चार्जमा रगत पनि हुनसक्छ । निप्पल वरिपरिको छाला सुन्निनु र छाला निकै रुखो हुनेलगायतको समस्या देखिन थाल्छ ।
अन्य लक्षण : यी लक्षणसहित सधैंभरी थाकेको महसुस हुनु, हड्डी दुख्नु, सास फर्ने समस्या हुनु, बिरामी भएको जस्तो महसुस गर्नु र छाला चिलाउने लगायतका लक्षण पनि देखिन सक्छ । यदि तपाईंलाई यी लक्षणमध्ये केही देखियो भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोस् ।
पुरुषमा स्तन क्यान्सरको लक्षण देखिएको खण्डमा त्यसको बायोप्सी गरिन्छ । यसमा छातीमा देखिएको गाँठोको एउटा टुक्रा निकालेर परीक्षणका लागि प्रयोगशालामा पठाइन्छ । परीक्षणमा गाँठो क्यान्सर हो कि होइन भनेर थाहा हुन्छ । यसका साथै क्यान्सरका केही अन्य परीक्षण पनि गरिन्छ ता कि यसको स्टेजबारे पत्ता लाग्न सकोस् ।
यस्ताे छ उपचार
स्तन क्यान्सरको उपचार पुरुष र महिला दुबैमा एकै प्रकारको हुन्छ । स्तन क्यान्सर हुँदा तीन प्रकारको उपचार गरिन्छ । पहिलो उपचारमा बिरामीको शल्यक्रिया गरेर छातीबाट गाँठो निकालिन्छ । दोस्रो तरिकामा बिरामीको किमोथेरापी गरिन्छ । यसमा औषधी मार्फत् क्यान्सरका कोसिकालाई नष्ट गरिन्छ । तेस्रो उपचार रेडिएशन थेरेपीमार्फत् गरिन्छ । यसमा हाई एनर्जी एक्स–रेज वा गामा–रेज रेडिएशनको माध्यमले क्यान्सरको उपचार गरिन्छ । डाक्टरका अनुसार हरेक व्यक्तिले यो थाहा पाउनुपर्छ कि महिलालाई मात्रै स्तन क्यान्सर हुँदैन । त्यसैले सबैले आफ्नो लक्षणमाथि ध्यान दिन आवश्यक छ ।






