मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा व्यापार व्यवसायमा लाभ रहनेछ । मिडिया वा चलचित्रको क्षेत्रबाट लाभ मिल्नेछ । साताको मध्यमा नयाँ नोकरीको प्रयासमा सफलता मिल्नेछ । बैंकिङ वा वित्तीय मामिलामा शुभ समाचार मिल्नेछ । आर्थिक पक्ष सबल रहनुको साथै विद्यार्थीहरूलाई अध्यापनको क्षेत्रमा नयाँ अनुभव मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा मन उत्साहले भरिपूर्ण रहनेछ । आफन्तहरूसित रमाइलो समय बित्नेछ । साताको मध्यमा सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ । प्रेम सम्बन्ध कसिनेछ । साताको अन्तिममा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । सवारी साधनमा खर्चको योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा कार्य क्षेत्रमा आत्मविश्वास बढ्नेछ । गरिएको कामको उचित मूल्याङ्कन पाइनेछ । साताको मध्यमा भूमि जग्गा जमिन सम्बन्धी खोज पुरा हुनेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा व्यापारी वर्गलाई व्यापारमा मनग्य लाभ मिल्नेछ । घर परिवारमा आफन्तहरुको सहयोग मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सञ्चित धन वृद्धि हुनुको साथै नयाँ व्यापार विस्तारको लागि नयाँ अनुबन्धहरु मिल्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा भाइबहिनीहरूको साथ मिल्नेछ । नोकरी वा पेशामा श्रमको अनुरुप सफलता मिल्नेछ । साताको अन्तिममा छरछिमेकीसँग मनमुटावका योग छन् । थप लगानी लगाउदा जानकारको सल्लाह लिनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा समाजमा मान सम्मानमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साताको मध्यमा संगीत कलाको क्षेत्रबाट प्रसिद्धि मिल्नेछ । नयाँ पहिरन र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ साताको अन्तिममा व्यापार विस्तारको लागि नयाँ रुपरेखा बन्नेछ । गृहणीहरूको धर्मकर्ममा रुचि बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट लाभ मिल्नेछ । वाहन चलाउँदा सावधान रहनुहोस । स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको मध्यमा कार्यक्षेत्रमा अगाडि लिएका निर्णयहरूबाट लाभ मिल्नेछ । विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा नयाँ अनुभव मिल्नेछ । साताको अन्तमा धैर्य र पराक्रमले रोकिएका कार्य पनि प्रारम्भ हुनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा राजनीतिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायमा आफ्नो व्यवहारले अरुलाई आकर्षित गर्न सक्नुहुनेछ । साताको मध्यमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा मन अशान्त रहनेछ । नोकरी वा पेशामा अधिकारीहरुको सहयोग मिल्नेछ विद्यार्थी वर्गहरुलाई अध्ययन र अध्यापनमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा कार्यक्षेत्रको विस्तारको लागि थप लगानी लगाउनलाई उपयुक्त समय रहेको छ । कार्यक्षेत्रमा पदोन्नतिको योग छ । साताको मध्यमा शेयर बाजारबाट लाभ प्राप्त हुनेछ । नोकरी वा पेशामा समयमा कार्य सम्पादन हुनाले मन प्रसन्न रहनेछ । साताको अन्तमा गृहणीहरूबाट सौन्दर्य सामानमा धन खर्चका योग छन् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा मन उत्साहले परिपूर्ण रहनेछ । कार्य क्षेत्रमा सहयोगीहरूको सहयोगले अप्ठ्यारो काम पनि सजिलै सम्पादन हुनेछ । साताको मध्यमा उच्च शिक्षालाई लिएर नयाँ योजनाहरू बन्नेछन् । व्यापार व्यवसायमा आयका स्रोतहरू बढ्नेछन् । साताको अन्तमा कृषि वा पशुपालनबाट मनग्य लाभ मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा मन आध्यात्ममा लाग्नेछ । आफ्नो बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ । साताको मध्यमा मनमा सोचेको कार्य पूरा हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । सोधेभन्दा धेरै सल्लाह नदिनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा साझेदारी व्यपारबाट लाभ मिल्नेछ । पायक स्थानमा भ्रमणका योग छन् । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । विदेशतिर रोजगारको लागि प्रयासमा सफलता मिल्नेछ । साताको अन्तिममा सरकार वा राज्यपक्षबाट सम्मान पाइनेछ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा आर्थिक पक्ष सामान्य रहनेछ । व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोला । कार्यक्षेत्रमा जीवन साथीको सहयोग मिल्नेछ । साताको मध्यमा वित्तीय वा सरकारी संस्थाबाट लाभ मिल्नेछ । साताको अन्तिममा व्यापार व्यवसायमा थप लगानिको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोला । शत्रुपक्षहरू पराजित हुनेछन् ।




