म हठात् ‘पेट्रियट’
हठात् राम्रो म अभिमत
मेरो म को गाँठो खोल्ने
छैन कसैको हविगत
म मात्र हौँ सबथोक जान्ने
छैनन् जान्ने अन्य कोही पात्र
म बाहेक छैन छैन
कसैको ज्ञान बिन्दुमात्र
मेरो बोली नै हो वेद
म जहाँ पुग्छौँ त्यही हुन्छ
हाम्रो भेद
म नेतृत्व
म डाक्टर
म दार्शनिक
म वकिल
म शिक्षक
म प्राध्यापक
मेरो पछि पछि
लाग्छ समाज
म न्यायाधीश
मै संविधान
मेरो हो लोकतन्त्र
मैरो लागि हो गणतन्त्र
देश मेरो पेवा हो
म आज Extremist,
भोलि Moderate
पर्सि Retrograde
म घरी घरी बदल्छौँ रीति
म हठात् बदलिन्छ नीति
म घाम हेरी बिस्कुन फिँजाउँछू
यो छोडी त्यो अपनाउँछौँ
म कसैका तर्क सुन्दीन
मान्दीन कुनै तथ्य प्रमाण
अब
म सँग मतको बेमेल हुनेहरू
एक एक मस्त गोरु सब
मै ले बुझेको मात्र साँचो
अरू सब झुटो
मेरो मात्रै छ बुद्धि तिखो
अरूहरूको त ठुटो
मैले भन्छू जसो
चल्नेछ यो देश तेसो
यो देश फगत मेरो हो
मरो बाउबाजेबाट
पाएको जेथो हो
म मात्र हू सभ्य
केवल म नव्य
म लुकी लुकी फतफताउँदै
कुनै पसे पनि
म नै भव्य कहलाउँछू
मलाई हेरेर हाँस्नेहरू
म नाङ्गो देखेर हाँसेका होइनन
म बोल्दा ताली बजाउनेहरू
मेरो हात चाट्न पाएर
तेली बजाएका होईनन
म राम्रो भएर हो ।




