मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भ राम्रो रहेको छ । आत्मविश्वासमा वृद्धि हुनुको साथै नयाँ कार्य प्रारम्भ गर्ने योजनाको रूपरेखा बन्नेछ । कार्य क्षेत्रमा हजुरले लिएको निर्णयको प्रशंसा हुनेछ । मन परेको पद वा जिम्मेवारी मिल्न सक्ला । साताको मध्यमा वैदेशिक रोजगारको नयाँ अवसर मिल्नेछ । स्वास्थ्यलाई लिएर सचेत रहनुहोला । साताको मध्यमा रोगले सताउन सक्छ । खानपानमा पौष्टिक आहारको सेवन गर्नुहोस् । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा उद्योग र कारोबारमा थप लगानी लगाउने समय रहेको छ । कार्य क्षेत्रमा पदोन्नतिका योग छन् । साताको मध्यमा शेयर बजारबाट मनग्य लाभ हुनेछ । व्यापार व्यवसायमा माननीयजनहरूको सहयोग मिल्नेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । वैदेशिक रोजगारमा बाधा आउनेछ । भौतिक सुख सुविधामा धन खर्चका योग छन् । साताको अन्तिममा उत्साह र पराक्रममा वृद्धि हुनुको साथै मान सम्मान बढ्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा आफूलाई सकारात्मक राख्ने कोशिस गर्नुहोला सफलता मिल्नेछ । कार्यक्षेत्र र पारिवारिक मामिलाहरूमा पनि अतिरिक्त जिम्मेवारी मिल्नेछ । साताको मध्यमा धार्मिक यात्राको योग बनिरहेको छ । कार्य क्षेत्रमा सीनियर वा जुनियर दुबैको सहयोग मिल्नेछ । प्रेम सम्बन्धमा मनमुटाव समाप्त हुनेछ । साताको अन्तिममा घर परिवारसँग रमाइलो समय बित्नेछ । अविवाहित हुनुहुन्छ भने मनचाह जीवन साथीको खोज पूरा हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भ हजुरलाई लाभदायी रहनेछ । नोकरी वा पेशामा एकाग्र भएर कार्य गर्नुहोस् सफलता मिल्नेछ । व्यापारमा साझेदारसँग मनमुटाव सुल्झिनेछ साथै आर्थिक लाभ रहनेछ । साताको मध्यमा हतारमा कुनै निर्णय नलिनुहोला । आफ्नो निर्णयमा परिवारलाई पनि सम्मलित गर्नुहोस् । स्वास्थ्यमा ब्लड प्रेसरको समस्या छ भने चिकित्सकको सल्लाह लिनुहोस् । साताको अन्तिममा धर्म कर्म प्रति रुचि बढ्नेछसँगै आध्यात्मिकतर्फ झुकाव रहनेछ । यात्रा सुखदायी रहनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा समाजसेवा वा राजनीतिमा जोडिएका व्यक्तिहरूको मान सम्मान बढ्नेछ । कार्य क्षेत्रमा योजनाबद्ध भएर कार्य गर्नुहोस् सफलता मिल्नेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । विदेशबाट शुभ सूचना मिल्नेछ । विद्यार्थीहरूको पढाइलाई लिएर वैदेशिक यात्राको मार्ग प्रशस्त हुनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ । धार्मिक मठ मन्दिरमा यात्रा साथै दर्शनका योग छन् । जीवन साथीसँग अनुकूल समय बित्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा आकस्मिक धन लाभका योग छन् । सरकारी संस्थाबाट लाभ प्राप्त हुनेछ । कानुनी मामिलाहरूमा सफलता मिल्नेछ साथै शत्रुहरू हार खानेछन् । साताको मध्यमा कार्य क्षेत्रमा लगनशीलताको उचित परिणाम मिल्नेछ । आफन्तहरूबाट सोचे अनुसार सहयोग नमिल्ला । साताको अन्तिममा सानोतिनो कुरालाई पन्साएर अगाडि बढ्नुहोस् । कार्य क्षेत्रमा सहकर्मीको साथ नमिल्नाले मन अप्रसन्न रहनेछ । कार्य समयमा समापन नहुनाले अज्ञात भय रहनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । कार्य क्षेत्रमा सन्तानको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध कसिने छ साथै प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउनको लागि परिवारसँग कुरा गर्ने समय रहेको छ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । पेटजन्य समस्या बढ्न सक्छ । कानुन विपरीत कार्य नगर्नुहोला । साताको अन्तिममा आय आर्जनका स्रोत बढ्नुको साथै मान सम्मानमा वृद्धि हुनेछ । सामाजिक कार्यले छरछिमेकीबाट प्रशंसा पाइनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा आफन्तसँगको मनमुटावमा सुल्झिनेछ । कार्य क्षेत्रमा धैर्यको कमीले अधिकारीहरूबाट सोचेजस्तो सम्मान नमिल्ला । जग्गा जमिनबाट लाभ मिल्नेछ । साताको मध्यमा भावनामा आएर निर्णय नलिनुहोला । गृहणीहरूको अधिकांश समय धार्मिक कार्यहरूमा बित्नेछ । साताको अन्तिममा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक आहारको सेवन गर्नुहोस् । सवारी साधन चलाउँदा सावधान रहनुहोला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा मित्रको सहयोगले रोकिएको कार्य सम्पादन हुनेछ । बेरोजगार हुनुहुन्छ भने नोकरीमा सफलता मिल्नेछ साताको मध्यमा आर्थिक धनहानिको योग छ । मनचाह इच्छा पूरा हुनेछ । आफन्तहरूसँग रमाइलो भेटघाट रहनेछ । साताको मध्यमा विद्यार्थीहरूलाई अनपेक्षित रूपले परीक्षामा सफलता प्राप्त हुनाले मन प्रसन्न रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा आफ्नो वाणी र व्यवहारमा नियन्त्रण राख्नुपर्ने हुन्छ । आयस्रोत सबल रहनेछ । साथी भाईहरूसँगको सम्पर्कले मन प्रफुल्लित रहनेछ । साताको मध्यमा साझेदारी व्यापारमा सम्झौता गर्नुपर्ला । नयाँ अनुबन्ध साइन गर्नुभन्दा अगाडि जाँच अवश्य गरौं । साताको अन्तिममा साहित्य र कलाको क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ । विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नुको साथै नयाँ जिम्मेवारी पाउन सक्नुहुनेछ । जनताको मध्य राम्रो छवि निर्माण हुनेछ । सामाजिक सहयोग मिल्नेछ । साताको मध्यमा सञ्चित धनमा वृद्धि हुनेछ । मित्रले गर्दा रोकिएको काम सम्पादन हुनेछ । माननीयजनहरूको सहयोग प्राप्त हुनेछ । साताको अन्तिममा पराक्रमले गर्दा नसोचेको कार्य हात पार्न सकिनेछ । व्यापार व्यवसायमा भाइबहिनीको सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा कार्यक्षेत्रमा नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूको सहयोग लिन नबिर्सिनु होला । अरुको झगडामा नपर्नुहोस् । साताको मध्यमा घरमा मनोरञ्जनको वातावरण रहनेछ । मांगलिक र धार्मिक कार्यमा धन खर्चका योग छन् । साताको अन्तिममा कार्य क्षेत्रमा गुमाएको स्थान प्राप्त हुनाले आफ्नो बर्चस्व स्थापित गर्न सकिनेछ । स्वास्थ्यले साथ दिनेछ ।




