मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा आफन्तजनहरूको साथ सहयोग मिल्नाले मन प्रसन्न रहनेछ साथै संचित धनमा वृद्धिका योग छन् । साताको मध्यमा धैर्य र पराक्रममा वृद्धि हुनेछ । कार्य क्षेत्रमा सहयोगी वर्गहरूको सहयोग मिल्नेछ । उद्योग व्यवसायमा लाभ रहेको छ । साताको अन्तिममा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ साथै माताको साथ सहयोग मिल्नेछ । जग्गा जमिन आदिले लाभ मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा माननीयजनको सहयोगले रोकिएको कार्य प्रारम्भ हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । साताको मध्यमा संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ । प्रेम सम्बन्ध कसिनेछ । स्वास्थ्यमा ध्यान दिनुहोस् । साताको अन्तिममा सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । आर्थिक पक्ष सबल रहनुको साथै मित्रवर्गहरूको सहयोग मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा प्रतिष्ठा बढ्नेछ । भविष्यको लागि कर्म नियोजन गर्न सकिनेछ । कार्य क्षेत्रमा नयाँ काम हात लाग्नेछ । साताको मध्यमा आफन्तहरूको साथ सहयोग मिल्नाले मन प्रसन्न रहनेछ । घर परिवारमा मनोरञ्जनात्मक समय बित्नेछ । साताको अन्तिममा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नुको साथै जनसमर्थनमा वृद्धि हुनेछ । श्रमको उचित मूल्याङ्कन मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा आर्थिक वा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ । वैदेशिक रोजगारबाट लाभ प्राप्त हुनेछ । साताको मध्यमा कार्यक्षेत्रमा लगनशीलताको उचित मूल्याङ्कन मिल्नेछ । नोकरी वा पेशामा उच्च अधिकारीहरूबाट प्रशंसा पाइनेछ । कार्य समयमा सम्पादन हुनाले मन प्रसन्न र प्रफुल्लित रहनेछ । साताको अन्तिममा पारिवारिक सद्भावमा वृद्धि हुनुको साथै नँया कार्यको जग राख्न सक्नुहुनेछ । विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा मन उत्साह र आनन्दले परिपूर्ण हुनेछ । समयमा कार्यसम्पादन गर्न सकिनेछ । शेयर मार्केटबाट मनग्य लाभ प्राप्त हुनेछ । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । स्वास्थलाई लिएर चिकित्साको परामर्श लिनुहोस् । वैदेशिक शिक्षाको लागि गरिएको प्रयासमा सफलता मिल्नेछ । साताको अन्तिममा प्रतिष्ठित कामको जिम्मेदारी वहन गर्नमा सफलता मिल्नाले छरछिमेकमा हजुरको प्रतिष्ठा बढ्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा धर्मकर्ममा रुचि बढ्नुको साथै धार्मिक यात्राका योग बनिरहेको छ । साताको मध्यमा पितासँगको मतभेद सुल्झिनेछ । कार्य क्षेत्रमा अनुभवको लाभ मिल्नेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । साताको अन्तिममा रोकिएको कार्य सम्पादन हुने वा विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ । स्वास्थ्य सामान्य रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा घर परिवारमा मतभेदको सम्भावना रहेको छ । कार्य क्षेत्रमा बाणीले गर्दा कार्य बिग्रिनेछ । साताको मध्यमा यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं । कार्य क्षेत्रलाई लिएर गरिएको यात्राबाट सफलता मिल्नेछ । साताको अन्तिममा उच्च पदस्थ व्यक्तिको साथ मिल्नेछ । नयाँ कामको थालनीको लागि समय उपयुक्त रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा कार्यक्षेत्रमा सोचेका काम समय भन्दा अगाडि पूरा हुनेछन् । रोजगारको नँया अवसरहरू मिल्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ हुनेछ । कार्य क्षेत्रमा नयाँ उपलब्धिले थप उत्साह जगाउनेछ । साताको अन्तिममा विद्यार्थीहरूको तार्किक क्षमतामा वृद्धि हुनेछ । गृहणीहरूको गृह कार्यको साथै सामाजिक परिवेशमा कद बढ्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्नेछ । शत्रुहरू हावी हुने प्रयास गर्नेछन् । साताको मध्यमा सामूहिक कार्यमा सबैको अनुमति लिएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । कानुनी मामिलाहरुमा हजुरलाई सफलता मिल्नेछ । कार्य क्षेत्रमा दौडधुप धेरै रहनेछ । साताको अन्तिममा स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ अधिकारी वर्गहरूसँग मनमुटावका योग छन् । प्रभावशाली व्यक्तित्व निर्माण गर्नमा बाधा आउनेछ । अरुको लागि बुद्धि र विवेक खर्च गर्नुपर्ला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा आर्थिक पक्ष मजबुत रहनेछ । कार्य क्षेत्रमा सन्तानको सहयोग मिल्नेछ । प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सक्नुहुनेछ । साताको मध्यमा अप्रिय व्यक्तिहरूसँगको भेटघाटले मन खिन्न रहनेछ । इष्टमित्र र अधिकारी वर्गहरूको राम्रो सहयोग पाइनेछ । साताको अन्तिममा साझेदारी व्यापारमा लाभ मिल्नुको साथै व्यापार विस्तारको लागि नयाँ रूपरेखा निर्माण हुनेछ । उद्योगमा थप लगानी लगाउन सक्नुहुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा न्यायिक मामिलामा वकिलको परामर्श लिनुहोला । राजनीतिक क्षेत्रमा सफलता मिल्ला । साताको मध्यमा प्रतियोगी परीक्षामा सफलता पाइनेछ । विद्यार्थी वर्गहरूलाई परीक्षामा उचित परिणाम मिल्नेछ । कार्य क्षेत्र वा लगनशीलताले शत्रुहरू हार खानेछन् । साता अन्तिममा जीवन साथीको महत्वपूर्ण सुझावले ठूलो कार्य सम्पादन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आफन्तसँग टाढा हुने सम्भावना छ । साताको मध्यमा कार्यक्षेत्रमा लिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निभाउने प्रयास गर्नुहोला । साताको अन्तिममा कृषि वा पशु धनबाट लाभ मिल्नेछ । व्यापार विस्तारको लागि समय उपयुक्त रहेको छ । असल कर्ममा मन लाग्नेछ ।




