काठमाडौं । विश्वमा उच्च रक्तचाप र उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ । जसका कारण मुटु रोगीको संख्या पनि ह्वात्तै बढेको छ । सही जीवनशैली र खानपानले यस रोगबाट बच्न सकिन्छ ।
कफी र ग्रीन टीको सेवन मुटुको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर धेरैजसो मानिसहरु ग्रिन टी वा कफी कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ भन्ने अन्योलमा हुनुहुन्छ भने यो लेख तपाईको लागि हो ।
केही समय अघि जेएसिसि (जापान कोलाबोरेटिभ कोहोर्ट स्टडी फर इभ्यालुसन अफ क्यान्सर रिस्क) को अध्ययन अमेरिकन हार्ट एसोसिएसनको जर्नलमा प्रकाशित भएको थियो । यस अध्ययनमा १८ हजार मानिसले सहभागीता जनाएका थिए ।
१२ वर्षसम्म चलेको यो अध्ययन मार्फत अनुसन्धानकर्ताहरूले कफी वा ग्रीन टी स्वास्थ्यका लागि बढी फाइदाजनक छ कि भनेर पत्ता लगाउने प्रयास गरेका थिए । यस अध्ययनमा शोधकर्ताहरूले पत्ता लगाए कि कफीमा करिब ९५ देखि २०० मिलीग्राम क्याफिन पाइन्छ ।
उही अवस्थामा ग्रीन टीमा क्याफिनको मात्रा ३५ मिलीग्राम हुन्छ । यसको मतलब कफीमा ग्रिन टीको तुलनामा करिब ३ गुणा बढी क्याफिन हुन्छ । अत्यधिक क्याफिनका कारण उच्च रक्तचापको समस्या भएकाहरूका लागि कफीको सेवन हानिकारक हुन सक्छ ।
जबकि ग्रीन टी मुटुको स्वास्थ्यका लागि राम्रो हुन्छ । सो अध्ययनका अनुसार ग्रीन टीमा पाइने पोलिफेनोल नामक तत्वले क्याफिनको हानिकारक प्रभावलाई हटाएर स्वास्थ्यका लागि बढी फाइदाजनक बनाउँछ ।
ग्रीन टी र कफी दुबैका अनगिन्ती फाइदाहरू
मुटुका लागि फाइदाजनक हुनुका साथै ग्रीन टीमा अन्य धेरै स्वास्थ्य लाभहरू छन् । यो दैनिक पिउनाले तपाईको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । मस्तिष्क विकासमा सहयोगी साबित हुनेछ । यसको सेवनले मधुमेहलाई पनि नियन्त्रणमा राख्न सकिन्छ ।
यसका साथै कफीका धेरै फाइदा पनि छन् । कफीले ऊर्जाको स्तर बढाउन मद्दत गर्छ । मस्तिष्क कार्य सुधार गर्दछ । यो मुटुका लागि पनि फाइदाजनक हुन्छ तर उच्च रक्तचाप भएमा यसलाई पिउनु हुँदैन ।






