विराटनगर । गायक विशाल सिंहको स्वरमा रहेको नयाँ हिन्दी गीत ‘प्यार की दस्तान’ सार्वजनिक भएको छ । विशाल सिंह र अशोक भाटियाको शब्दमा तयार गरिएको यो गीत शुक्रबार समिर खानको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा राजेश केएसको संगीत रहेको छ भने समिर खान र स्मारिका ढकालको अभिनयले भिडियोलाई थप आकर्षक बनाएको छ । नेपालका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको गीतको भिडियोको निर्देशन निशान एसकेले गरेका छन् ।
चर्चित मोडलहरूको अभिनय
भिडियोमा फिचर्ड समिर खान र स्मारिका ढकाल नेपाली चलचित्र ‘ज्ञानशास्त्र’ र दजर्नौं म्युजिक भिडियोमार्फत चर्चित कलाकारका रूपमा स्थापित छन् । उनीहरूको प्रस्तुति यस भिडियोमा पनि दर्शकहरूद्वारा रुचाइने अपेक्षा गरिएको छ ।
उत्कृष्ट निर्देशन
गीतको भिडियो छायांकन दिपक गिरीले गरेका हुन् भने सम्पादन प्रविण भट्टले गरेका छन् । निर्देशक निशान एसकेले गीतको भावनालाई दृश्यात्मक रूपमा उत्कृष्ट रूपमा प्रस्तुत गरेका छन् ।
गायकको कलाको प्रशंसा
पछिल्लो समय कला र गला भएका कलाकारहरूले आफूलाई सहज हुने भाषा र शैलीमा प्रस्तुत गर्ने क्रम बढिरहेको छ । गायक विशाल सिंहको ‘प्यार की दस्तान’ले उनको स्वर र कलालाई न्याय गरेको संगीतप्रेमीहरूले बताएका छन् । यस गीतले दर्शक श्रोता माझ राम्रो स्थान बनाउने विश्वास गरिएको छ ।






