एजेन्सी । बलिउड अभिनेता सेफ अली खानमाथि बिहीबार बिहान २ बजे धारिलो हतियारले प्रहार गरिएको घटना सार्वजनिक भएको छ । अज्ञात व्यक्तिले अभिनेता सैफ अली खानको घरमा प्रवेश गरी आक्रमण गरेका हुन् ।
घटना पछि सैफलाई तत्काल लिलावती अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार, सैफको स्वास्थ्य अवस्था बारे कुनै आधिकारिक जानकारी हालसम्म उपलब्ध भएको छैन ।
घटनापछि प्रहरी अनुसन्धानमा जुटेको छ र दोषीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । सेफ अली खानका प्रशंसक र फिल्म उद्योगका साथीहरूले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।






