काठमाडौं । गायक सरोज लामिछानेको नयाँ लोकदोहोरी गीत ‘कान्छु’ सार्वजनिक भएको छ । यो गीतमा सरोज लामिछाने र सीमा भण्डारीको स्वर रहेको छ । गीतमा आयुष्मा कार्की, राजु आरडीसहितका कलाकारले उत्कृष्ट अभिनय गरेका छन् ।
‘कान्छु’ गीतले नेपाली मौलिक संस्कृति र ग्रामीण जीवनशैलीलाई प्रस्तुत गर्दै प्रेम सम्बन्धको कथालाई जीवन्त बनाएको छ । गीतको भिडियोमा ग्रामीण परिवेशमा आधारित दृश्यहरू मार्फत नेपाली ग्रामीण समाजको सौन्दर्य झल्काइएको छ ।
सरोज लामिछानेले आफ्नो जन्मदिनको अवसरमा आफ्नै युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गरेका हुन् । उनले गीतलाई माया र समर्थन गर्न दर्शक तथा श्रोताहरूलाई आग्रह गरेका छन् ।
गीतले सार्वजनिक भएलगत्तै राम्रो प्रतिक्रिया बटुल्न थालेको छ । यो गीत नेपाली लोक दोहोरी प्रेमीहरूका लागि सांगीतिक उपहारको रूपमा आएको छ ।






