बारा । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २२ चुरियामाई मन्दिरको माथिल्लो डाँडामा रहेको प्रतिक्षालयमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
मृतक भारतको महाराष्ट्र निवासी ४६ वर्षीय रूद्र गिरी रहेको प्रहरीले जनाएको छ । बिहीबार साँझ उक्त स्थानमा उनको शव फेला परेको हो ।
घटना बारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । मृत्युको कारण हालसम्म खुल्न नसकेकाले शवलाई पोष्टमार्टमका लागि पठाइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




