सप्तरी । सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका ४ सखुवा बस्ने ८७ वर्षीया कान्ता देवी देव आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार, घटना बारे जानकारी पाएपछि टोली घटनास्थलमा पुगेको थियो । कान्ता देवीको मृत्युको कारण अहिले खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
घटनाले स्थानियवासीलाई स्तब्ध बनाएको छ भने मृतकका परिवारजनले अनुसन्धानमार्फत सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । शव पोष्टमार्टमका लागि पठाइएको र विस्तृत विवरण अनुसन्धानपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।




